स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया
स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकंदै गर्दा निर्वाचन आचारसंहिता, मतदाता शिक्षा र मानव अधिकारको अवस्थाका विषयमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले रूपन्देहीका राजनीतिक दल, नागरिक समाज, पत्रकारलगायतका सरोकारवालाहरूबीचमा अन्तरक्रिया गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जेठ २८ गते भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सो अभियानका अगुवा एवम् इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले २० वर्षपछि हुन लागेको निर्वाचन विगतको स्थानीय निकायको जस्तो नभई अधिकार सम्पन्न निर्वाचन भएको बताए । उनले भने-'जहाँ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको समेत अनुभूति दिने संरचना छ ।'
स्थानीय तहको निर्वाचन भएकोले सबै राजनीतिक दलहरूले भाग लिने वातावरण बनाउनसमेत उनले आग्रह गरे । प्याकुरेलले सबै समस्या समाधान गर्ने एक मात्र सुत्र भनेको निर्वाचन भएकोले त्यसको विकल्प नरहेकोमा जोड दिँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित बनाउनका लागि सबै राजनीतिक दलहरू र सम्बन्धित सबैलाई आग्रह गरे ।
अभियानका अगुवा एवम् नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले लोकतन्त्रमा आस्था राख्नेले निर्वाचनबाट भाग्न नहुने बताउँदै मधेस केन्द्रित दलहरूलाई निर्वाचनमा भाग नलिएर गल्ती नगर्न आग्रह गरे । अर्यालले भने-'लोकतन्त्रमा विरोध गर्न पाइन्छ । फरक मत राख्न पाइन्छ । तर, निर्वाचन गर्न दिँदैनौँ भन्नु लोकतन्त्रको मर्म विपरीतको गतिविधि हो । त्यसो गर्न पाइन्न । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको कुरा पनि ख्याल राख्न सम्बन्धित पक्षलाई ध्यानार्कषण गर्छु। '
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जिल्लामा निर्वाचनको सुरक्षा व्यावस्थालाई चुस्त दुरूस्त बनाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र अनुसन्धान प्रहरीबिचको समन्वयमा सुरक्षा मजबुद बनाइएको बताए ।
प्रजिअ सिंहले निर्वाचनमा भाग लिँदैनौँ भन्न पाइन्छ तर कसैलाई मताधिकारबाट वञ्चित गराउँछौँ भन्नु मानव अधिकार विरोधी भएकोले कँही कतैबाट त्यस्ता गतिविधि भए प्रशासन चुप लागेर नबस्ने बताए ।
प्रजिअ सिंहले सबै लक्षित मतदाताहरू महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतलाई मतदान गर्न, आवतजावत गर्न र मतदान स्थलमा हुन सक्ने अप्ठयारोलाई व्यवस्थापन गर्नका लागि पनि प्रशासन सक्रिय रहेको बताए ।
सशस्त्र प्रहरीका एसपी बेनुप्रसाद पाठकले सुरक्षा व्यवस्थालाई मजबुत बनाउनकै लागि चनाखो भएर लागेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्धनारायण साहनीले निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहति बनाउनका लागि मानव अधिकार संस्कृतिको निर्माण गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासङ्घ रूपन्देहीका वरिष्ठ उपाध्यक्ष दिनेश पाण्डेले निर्वाचनलाई स्वच्छ, मर्यादित रूपमा अगाडि बढाउनका लागि नेपाल पत्रकार महासङ्घले महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा पनि यसको निरन्तरतालाई जोड दिने बताए ।
एडभोकेसी फोरमका संयोजक अधिवक्ता शिव गौडेलले जिल्लामा मतदाताहरूलाई मतदान केन्द्रसम्म जान आउनको लागि पनि सुरक्षाको चुनौती भएकोले यस तर्फध्यान दिन आग्रह गरे । निर्वाचनमा पर्यवेक्षकको नाममा शक्तिको दुरूपयोग हुन सक्ने भन्दै त्यस विषयमा पनि चनाखो हुन प्रशासनलाई आग्रह गरे ।
जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत हुमनाथ गौतमले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र निर्वाचनका लागि खटिने मतदान अधिकृतको तालिम समेत पुरा भएको बताए । उनले निर्वाचन शिक्षाका लागि मतदाता शिक्षकहरू प्रत्येक नागरिकको घरघरमा पुगेको बताए ।
अन्तरक्रिया कार्यक्रममा सङ्घीय समाजवादी फोरमका प्रदेश सभा सदस्य उज्वल पोखरेलले जनताले २० वर्षदेखि जनप्रतिनिधिविहीन भएको अवस्थामा आफैँले रोजेको जनप्रतिनिधिमार्फत आफ्नो गाउँ आफैँ बनाउन जान लागेकोले आफुहरू निर्वाचनमा सहभागी हुन लागेको बताए ।
मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष श्रीराम गुप्ताले निर्वाचन महत्वपूर्ण भएकोले सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरे । माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्ष्मी कोइरालाले जनताले २० वर्षपछि प्राप्त गरेको मतदानको अधिकारलाई सबैले सदुपयोग गर्न आग्रह गरिन् ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…