स्वच्छ निर्वाचनका लागि नागरिक अभियान जिल्ला समन्वय समिति गठन
मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूको सहभागितामा जेठ २८ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ ।
अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने र नागरिक स्तरबाट निर्वाचनको अनुगमन गर्ने उद्धेश्यले इन्सेकका जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटको संयोजकत्वमा जेठ २८ गते पाँच सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको हो ।
समन्वय समितिको सदस्यमा महिला अपाङ्ग महासङ्घकी नन्दकली राना, नियोक कञ्चनपुरका सचिव प्रभुनिधि पन्त, मानव अधिकार निगरनी समूहकी सदस्य अञ्जु भट्ट र कोक्यापकी फोकल पर्सन मेनुका साउद रहेका छन ।
समितिले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पछि गरी स्थानीय तह निर्वाचनको सक्रियतापुर्वक पर्यवेक्षण गर्ने निर्णय समेत गरेको छ ।
निर्वाचन अवधिमा जिल्लाभर समन्वय समिति सदस्यहरू मार्फत १ सय भन्दा बढी पर्यवेक्षकहरू परिचालन गरिनेछन ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन…