स्वच्छ निर्वाचनका लागि नागरिक अभियान समिति गठन

मानव अधिकारको क्षेत्रमा जिल्लामा क्रियाशील विभिन्न सङ्गठनहरूको सहभागितामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ ।

 

अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालालाई दबाव दिने उद्धेश्यले इन्सेकका बारा प्रतिनिधि लक्ष्मी साहको संयोजकत्वमा जेठ २२ गते कलैयामा समन्वय समिति गठन गरिएको हो ।

 

समितिले निर्वाचनका दिन सक्रियतापुर्वक निर्वाचनको पर्यवेक्षण गर्ने निर्णय समेत गरेको छ । सात सदस्यीय समितिमा मानव अधिकार निगरानी समूह बाराका संयोजक हिरालाल साह, नेपाल मानव अधिकार सङ्गठनका संयोजक सिकेन्द्र पासवान, काहुराष्ट्रका जिल्ला उपाध्यक्ष श्याम यादव, दलित महिला सङ्घकी अध्यक्ष किसमती राम, मानव अधिकारको लागि एकल महिला समूहकी जिल्ला संयोजक कृष्णा बस्नेत, महिला अधिकारको लागि एकीकृत सञ्जालकी अध्यक्ष बबिता जयसवाल छन् ।

 


लक्ष्मीसाह सोनार