स्वच्छ निर्वाचनका लागि नागरिक अभियान कुश्मामा
स्वच्छ निर्वाचनका लागि साझा अभियानले वैशाख २३ गते कुश्मामा निर्वाचनको स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले आसन्न स्थानीय तहको निर्वाचनमा जनताले दिएको मतले सच्चा प्रतिनिधि छान्ने अवसर बनाउनका लागि पनि निर्वाचन स्वच्छ, धाँधली रहित हुनुपर्छ भन्दै त्यसका लागि जिम्मेवार र सचेततापूर्वक पर्यवेक्षण गर्ने व्यवस्था मिलाउने पर्यवेक्षण कार्यमा लाग्न सबै पक्षलाई आग्रह गरे ।
अध्यक्ष प्याकुरेलले एउटै मतपत्रमा धेरै ठाउँमा मत दिनुपर्ने भएकोले मतदान गर्नका लागि मतदातालाई धेरै समय लाग्ने हुँदा तोकिएको समयमा मतदान कार्य सम्पन्न गर्न कठिन पर्न सक्ने आशङ्कासमेत व्यक्त गरे ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले 'धनवाल र बलवाहुवाल'हरूबाट निर्वाचनलाई प्रभावित हुन दिनु हुँदैन भन्दै त्यसका लागि स्वयम् मतदाता र निर्वाचन पर्यवेक्षण कार्यमा लाग्ने सङ्घ, संस्थाहरू सचेत हुनुपर्नेमा जोड दिए । अध्यक्ष अर्यालले भने-'जनताको मन जितेमा मात्र चुनाव जित्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि निर्वाचनमा मतदातालाई बाहिरी प्रभावबाट अलग राख्नुपर्छ ।'
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…