स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २८ गते गौरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार अपरिहार्य कुरा भएकोमा नेपालको परिप्रेक्ष्यमा मतदाताहरू चेतनशील भएपनि उम्मेदवारहरू स्वच्छ हुन नसकेको बताए ।
अध्यक्ष प्याकुरेलले संसारमा सबैभन्दा नजिकको नाता दाजुभाइको भएको र उनीहरू नै सबैभन्दा बढी झगडा गर्ने इतिहास भएको हुँदा आपूआफूमा जात, क्षेत्र, सम्प्रदाय र भूगोलको आधारमा झगडा गर्न नहुने बताए ।
निर्वाचन आचार संहिताको कुनै पनि दलले पालना नगरेको बताउँदै अध्यक्ष प्याकुरेलले तडकभडक र सांस्कृतिक विभेद रहित समाजको निर्माण गर्न सबै लाग्नु पर्ने बताए ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्र अर्यालले लोकतन्त्रको मूलमन्त्र आवधिक निर्वाचन भएकाले यसको महत्व रहेको बताए । नेपालमा भएका हरेक आन्दोलन जुनसुकै उद्धेश्यले भएको भएपनि त्यसमा लोकतन्त्र जोडिएको उनले बताए । निर्वाचन आचारसंहिता स्थानीय आवश्यकता अनुसार निर्माण भए नभएको समीक्षा गर्नुपर्ने उल्लेख गर्दै उनले अहिलेको स्थानीय निर्वाचनमा आचारसंहिताको व्यापक उल्लङ्घन हुँदा पनि त्यसलाई नियन्त्रण गर्न राज्य असफल भएकाले यसको परिमार्जनको आवश्यकता रहेको बताए ।
अन्तरक्रियामा सहभागी वक्ताहरूले जिल्लामा निर्वाचन आचारसंहिता विपरीत रातिराति पनि ठूलाठूला स्वरमा लाउड स्पिकर र डिजे बजाइने गरेकाले ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिलालाई असर परेकोमा सो नियन्त्रण हुन नसकेको बताएका थिए ।
वक्ताहरूले सबै राजनीतिक दलले भोज भतेरमा ठूलो रकम खर्च गर्ने गरेको, ठूलाठूला झण्डा र तुल व्यानर राखी प्रचारप्रसार गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निर्वाचन आयोग र सरकार असफल रहेको बताएका थिए । कार्यक्रममा नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, निर्वाचन पर्यवेक्षकको उपस्थिति रहेको थियो ।
बिपिन गौतम
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…