स्वच्छ खानेपानी नपाउँदा कर्णालीको पानी पीउन बाध्य
गाउँमा स्वच्छ खानेपानी अभाव हुदा छाँयानाथ रारा नगरपालिका–१३ रुगाका २ सय ६५ घरधुरी मुगु कर्णालीको पानी पीउन बाध्य छन् ।
रुगा गाउँमा २० वर्ष अगाडि १३ किलोमिटर टाढाबाट ल्याएको खानेपानी पाइपको मर्मत सम्भार नगर्दा अहिले सञ्चालनमा छैन ।
दुई वर्ष अगाडि सोही वडाको थार्प गाउँको मुहानबाट ल्याएको खानेपानीबाट निर्माण गरिएका दुई ओटा धारामा नियमित पानी नआउँदा स्थानीय कर्णालीको खानेपानी पीउन बाध्य भएका हुन् ।
रुगा गाउँमा २ सय दलित र ६५ क्षेत्रीको घरपरिवारको बसोबास छ । यो गाउँ नजिक पानीका मुहान छैनन् ।
१३ किलोमिटर टाढाबाट ल्याएको खानेपानी मुहान जीर्ण भएपछि बस्तिलाई खानेपानीका लागि सोही वडाको थार्प गाउँबाट ल्याएको खानेपानीले गाउँमा दुई धारा निर्माण गरिएको भएपनि धारामा नियमित पानी नआउँदा र आएको दिन पनि गाउँलाई आवश्यकता अनुसारको पानी नपुग्दा गाउँबाट १५ मिनेट तल बगेको मुगु कर्णालीको पानी प्रयोग गर्न बाध्य भएको स्थानीय बालकृष्ण लावड बताउनु भयो ।
‘गाउँमा भएका धारामा नियमित पानी आउँदैन । पानी आए एक/दुई घण्टामै बन्द भइहाल्छ ।’–लावडले भन्नु भयो ।
‘स्वच्छ पानीको कुरा के गुर्न नियमित धारामा पानी आए हुन्थ्यो धारामा पानी नआउँदा कर्णालीको धमिलो पानी खान बाध्य हुनु परेको छ ।’–सोही गाउँकी हरिनी लावडले भन्नु भयो ।
नगरपालिका र खानेपानी कार्यालय तथा गैर सरकारी संस्थाहरूलाई समेत यो गाउँमा खानेपानीका लागि बजेट विनियोजित गर्न धेरै पटक अनुरोध गर्नु परेको छाँयानाथ रारा नगरपालिका–१३ का वडाध्यक्ष चक्र सावदले बताउनु भयो ।
गाउँ नजिक पानीका श्रोत नहुँदा ठुलो रकम खर्चन यि निकायहरू तत्पर नहुने गरेको वडाध्यक्षको आरोप छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…