स्याहारसुसार अभावसँगै समयमै उपचार नपाउँदा सत्केरीको मृत्यु

उचित स्याहारसुसार र समयमै उपचार नपाउँदा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–५ डोप्ककी २३ वर्षीया अन्सु बुढाको प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टीमा उपचारका क्रममा ०८० पुस २३ गते मृत्यु भएको छ ।

सुत्केरी भएको तेहौँ दिनपछि अन्सुको स्वास्थ्यमा समस्या आउनुको मुख्य कारण उचित स्याहर सुसार र समयमै उपचारका लागि अस्पताल नलग्नु नै देखिएको स्थानीय र स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा पुस १२ गते सुत्केरी हुनभएको बुढाको सुत्केरी भएको ११ दिनपछि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मदाना स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । बुढाको स्वास्थ्य अवस्था जटिल भइसकेकोले थप उपचार गर्नसुविधासम्पन्न अस्पतालमा लैजान स्वास्थ्य केन्दंले  रिफर गरेको थियो ।

आर्थिक अभावका कारण सुविधा सम्पन्न ठाउँमा लिन नसकेपछि थप उपचारका लागि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र पुगाएको भए पनि बुहारीको ज्यान जोगाउन नसकिएको ससुरा जीतबहादुर बुढाले बताए ।

स्सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनु् पर्ने भए पनि कोल्टी स्वास्थ्य केन्द्रमा आउँदा वुढाको अक्सिजन लेबल ४९ मात्रै रहेकोले बचाउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टिका डक्टर रन्जीत शाहले बताउनु भयो । शिशुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ ।

सुत्केरी भएको ६ हप्तासम्म स्याहार गर्नु पर्ने भए पनि उहाँको स्याहार सुसारमा कमि देखिएको र समयमा हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालमा पुगाउन सकिएको भए वुढालाई मृत्यु हुनबाट बचाउन सकिने डाक्टर शाह भनाइ छ ।

कोल्टी स्वास्थ्य केन्द्रमा अक्सिजन प्रवाह गरेर बुुढाको उपचार गरिएको भए पनि स्वास्थ्य अवस्था जटिल भएपछि मात्रै उपचारका लागि स्वास्थ्य केन्द्र ल्याइनु र परिवारले समयमै सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा ज्यान नै गएको  अहेव सम्झना भण्डारीले बताउनु भयो ।

स्वास्थ्य संस्थामा सुत्केरी भए पनि चिसो मौषम तथा खानपान र स्वास्थ्यमा ध्यान नदिदा सत्केरी भएको ११ दिनपछि मात्रै बुढाको स्वास्थ्य अवस्था बिग्रएकोले घर परिवारको लापरबाहिका कारण समस्या उत्पन्न भएको मदना स्वास्थ्य चौकीका प्रमुख धनराज ढकालले बताउनु भयो ।

photo20240109bajura


पदमबहादुर सिंह