'स्यालुट' नगरेको आरोपमा डिएसपीबाट प्रहरी हवल्दार कुटिएको आरोप
दाङ जिल्ला सौडियार गाविस-२ घर भई जिल्ला ट्राफिक कार्यालय प्यूठानमा कार्यरत ३३ वर्षीय प्रहरी हवल्दार त्रिचन्द्रबहादुर डिसीलाई 'स्यालुट' नगरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी रञ्जितसिंह राठौरले माघ २५ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
स्यालुट नगरेको आरोपमा डिएसपीले सोही दिन साँझ आफूलाई इलाका प्रहरी कार्यालय बिजुवारमा उपस्थित गर्राई अमानवीय व्यवहार गरी कुटपिट गरेको पीडित प्रहरी हवल्दारले बताए । डिएसपीको कुटपिटबाट उनको बायाँ हात सुनिएको छ । पीडितको जिल्ला अस्पतालमा उपचार भयो ।
प्यूठान नपा-११ स्थित चेरनेटा सडक खण्डमा ट्राफिक चेकजाँचका क्रममा आफूले हाकिमलाई नदेखेको भन्दै गल्ती नगर्दा नियम बाहिर गई सजाय पाएको पीडितले गुनासो गरे ।
घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरी हवल्दारले पहिलेदेखि गल्ती गरेको उजुरी आफूसँग आएको र उसलाई सोही अनुसार प्रहरी कार्यालयमा बोलाई सङ्गठनको नियम अनुसार सामान्य नसियत दिने काम भएको डिएसपीले आफूलाई जानकारी गराएको बताए । घटनाका विषयमा सम्पर्क गर्न खोज्दा डिएसपीको फोन उठेन ।
घटनाका सम्बन्धमा अञ्चल प्रहरी कार्यालय तुल्सीपुरको टोली माघ २६ गते जिल्लामा आई पीडित तथा अन्य सम्बन्धित पक्षसँग घटनाका बारेमा सोधपुछ गरेको पीडितले बताए ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…