स्याजाका ६१ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

  ०७९ असोज ३१ गते

जिल्ला सुरक्षा समिति स्याङ्जाको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका ६१ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।

जिल्लामा १ सय ९९ ओटा मतदानस्थलका ३ सय २० ओटा मतदान केन्द्र तय गरिएको छ । जसमा ६१ ओटा मतदानस्थललाई अति संवेदनशील, ६६ ओटा मतदानस्थललाई संवेदनशील र ७२ ओटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ ।

निर्वाचनमा सुरक्षा लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना रहने भएका कारण स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने मतदाताको अधिकारलाई हरतरहले सुरक्षित गरिने भएकाले ढुक्क भएर मत दिनका लागि निमित्त प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले आग्रह गर्नु भएको छ ।


राधाकृष्ण शर्मा