स्याङ्जामा रासायनिक मलको अभाव हुँदा उत्पादनमा कमी हुने गुनासो
स्याङ्जामा युरिया मलको माग, आपुर्तिभन्दा निकै बढी हुँदा उत्पादनमा कमी हुने किसानले गुनासो गरेका छन् ।
रासायनिक मल आपुर्तिको जिम्मा लिएको कृषि सामाग्री कम्पनी लिमिटेडले माग अनुसार मल उपलब्ध गराउन नसक्दा किसानले यस्तो गुनासो गरेका हुन् ।
स्याङ्जामा रासायनिक मलको वार्षिक माग करिव १६ सय टन भएको कृषि सामग्री कम्पनी लि.का कार्यालय प्रमुख विशेश्वर गीरीले बताउनु भयो ।
उहाँका अनुसार हाल १ सय २५ टन मल आपुर्तिका लागि गण्डकी प्रदेश कृषि मन्त्रालयले अनुमति दिएको छ । सो बमोजिम ७० टन मल मात्र प्राप्त भएको छ भने बाँकी मल आउन अझै केही समय लाग्ने उहाँले बताउनु भयो ।
स्याङ्जाका ११ ओटा स्थानीय तहमध्ये वालिङ् नगरपालिका, गल्याङ् नगरपालिका र कालिगण्डकी गाउँपालिकामा मल आपुर्ति गर्न नसकिएको गीरीको भनाइ छ ।
धानबालीमा रासायनिक मल प्रयोग गर्न मल विक्री गर्ने डिपोहरुमा किसानको भिड लाग्ने गरेको भएपनि मल पाउन नसकिएको पुतलीबजार नगरपालिका-८ का इन्द्रप्रसाद सुवेदीले गुनासो गर्नु भयो ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका कृषि प्रसार अधिकृत ईश्वरीप्रसाद अर्यालका अनुसार स्याङ्जामा कुल १६ हजार हेक्टर जमीनमा धान खेती गरिएको छ ।
जसबाट करिव ६१ हजार मेट्रीक टन धान उत्पादन हुनुपर्छ । त्यति धान फलाउनका लागि किसानले बालीमा प्रशस्त मल, सिंचाई र रेखदेख गर्नु पर्दछ ।
यदि कुनै कुरामा कमी आएमा धानबालीले सोचेजस्तो उत्पादन दिन सक्दैन । जसका लागि रोप्ने बेलामा प्रति रोपनि ११ केजी युरीया, ६.५ केजी डिएपी र ३.३ केजी पोटासियमको मात्रा मिलाई प्रयोग गर्नु उपर्युक्त हुने कृषकहरूको भनाइ छ ।
रासायनिक मलको परनिर्भता घटाउन व्यापक कार्यक्रम ल्याउनु पर्ने अधिकृत अर्यालको भनाइ छ । त्यसमा स्याङ्जा ज्ञान केन्द्रले केही कार्यक्रम बनाउने क्रममा रहेको पनि उहाँले जानकारी दिनु भयो ।
रासायनिक मलको सट्टामा पशु मलमुत्र, झोल मल, पिना, प्राङ्गारिक मल बनाएर धानबालीमा प्रयोग गर्न सकिने उहाँको भनाइ रहेको छ ।
रासायनिक मलको आपुर्ति बढाउन पहल भइरहेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले जानकारी दिनु भयो ।
उहाँका अनुसार हाल मल आपुर्ति गर्ने ठेकेदार कम्पनीको म्याद सकिएको हुँदा पनि आपुर्तिमा ढिला भएको हो ।
राधाकृष्ण शर्मा
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…