स्याङ्जामा निर्वाचन आचारसंहिता विपरीत गतिविधि
मङ्सिर १ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका गतिविधि बढ्दै जान थालेको पाइएको छ ।
नेपाली काङ्ग्रेसले आचारसंहिता विपरीत विद्यालयहरूमा कार्यक्रम गरेको र सार्वजनिक शौचालयमा पार्टीको झण्डा, प्रचारप्रसार सामग्री राख्नुका साथै चुनावी कार्यालयको रूपमा प्रयोग गरेको जनाउँदै एमालेले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको र सो विषयमा सम्बन्धित पक्षलाई सचेत गराईएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत थम्मन सिं गौतमले बताए ।
उनले कालिगण्डकी गाउँपालिका आदर्श मावि, जनहित मावि कालिगण्डकी र लर्सगा आधारभुत विद्यालयमा शिक्षामन्त्री एवम् नेपाली काङ्ग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठले चुनावी कार्यक्रम गरेको भनी आएको उजुरीका विषयमा उम्मेदवार श्रेष्ठसँग कुरा गर्दा आफूले विद्यालयमा चुनावी कार्यक्रम नगरेको र शिक्षामन्त्री भएको कारण विद्यालयमा बोलाएकोले गएको र अबदेखि यो भेटघाट कार्य पनि नगर्ने बताएको निर्वाचन गौतमले बताए ।
वालिङ नगरपालिका वडा नं ८ मा रहेको सार्वजनिक शौचालयमा कार्यलय बनाएको विषयमा नगरपालिकालाई सोध्दा नगरपालिकाको नभएको र क्लवको कार्यालय भएको नगरपालिकाले बताएको र काङ्ग्रेसले त्यहाँबाट कार्यालय हटाउने बताएको अनुगमन अधिकृत गौतमले बताए ।
हिमलाल पराजुली
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…