स्थानीय निर्वाचनमा युवा सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड
स्थानीय निर्वाचनमा युवा नेतृत्व विषयक अन्तरसम्वाद कार्यक्रममा स्थानीय निर्वाचनमा युवाको सहभागिता सुनिश्चित गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
वैशाख ९ गते काठमाडौँमा आयोजित उक्त कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले युवाको जनसङ्ख्या धेरै रहेकोले युवा सहभागितालाई समेट्नु पर्नेमा जोड दिएका हुन् । स्थानीय तहको निर्वाचनमा मतपत्र बदर हुन सक्ने सम्भावना धेरै रहेकोले मतदाता शिक्षा अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै स्वच्छ निर्वाचनका लागि युवा जमातलाई लाग्न उनले सुझाव दिए ।
इन्सेक अध्यक्ष प्याकुरेलले निर्वाचनमा डिजिटल प्रविधिको भरपुर प्रयोग गर्नु पर्नेमा जोड दिँदै मतदाता शिक्षा अभियानका लागि सञ्चार माध्यममार्फत सबै कुरा समेटेर कम्तिमा एक मिनेटको जिङ्गल बनाएर दैनिक रूपमा गाउँस्तरसम्म सूचना दिन युवाहरू जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
नेकपा एमाले सांसद गोकुल घर्तीमगरले देश निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहेकोले स्थानीय निर्वाचनमा युवाको सहभागिता अनिवार्य रहेको बताए । युवा सहभागिताका लागि राजनीतिक पहल आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि युवाले पनि योग्यता र क्षमता बढाउनु पर्नेमा उनले जोड दिए ।
एकीकृत माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लेखनाथ न्यौपानेले विषय विज्ञताको राजनीतिमा अभाव रहेकोले योग्य र क्षमतावान युवा राजनीतिमा प्रवेश गर्दा सहभागिता स्वतः हुने बताए ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले योजना अनुसार स्थानीय निर्वाचनमा युवाको सहभागिता हुन नसकेको बताए । राजनीतिक संस्कार र सोच सकारात्मक बनाउन सके देशको विकास सम्भव हुने उनले बताए ।
अधिकारकर्मी प्रदिप पोखरेलले निर्वाचनमा आर्थिक अपादर्शिता भएकोले पारदर्शी बनाउन युवाले नेतृत्व लिनु पर्ने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँ
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…