स्थानीय दैनिक पत्रिकाका सम्पादक गिरफ्तार

photo20161123sirahaगोलबजार नपाबाट प्रकासन हुने अनुकल्प दैनिक पत्रिकाका सम्पादक नपा-२ का ५० वर्षीय अर्जुन थपलियालाई मङ्सिर ७ गते राति करिब ९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, सिरहाले गिरफ्तार गरेको छ ।

राति पत्रिकाको काम सकेर घर फर्कने क्रममा प्रहरीले थपलियालाई गोलबजारबाट गिरफ्तार गरी इलाका प्रहरी कार्यालय, धनगढीमा राखेको थियो । पत्रकार/सम्पादक थपलियालाई सादा पोशाकको दुई जना प्रहरीको निगरानीमा बा ४ प ५१८७ नम्बरको माइक्रो बसमा राखि काठमाडौँ लगिएको छ । पत्रकार थपलियाले आफूलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको पक्राउ पुर्जीसमेत नदिएको सञ्चारकर्मीलाई बताए ।

पत्रकार थपलियाकी बहिनी सम्झना थपलियाले आफ्नो दाजुले राती एक पटक फोन सम्पर्क गरि आफूलाई प्रहरीले गिरफ्तार गरेको खबर दिनासाथ उनको फोन खोसिएको र त्यसपश्चात स्वीच अफ भएको बताउँदै दाजुको अवस्था थाहा पाउन प्रहरीमा सम्पर्क गर्दा समेत कुनै किसिमको जानकारी नदिइएको बताइन् ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका एसपी श्याम ज्ञवालीका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँले विद्युतीय अपराध मुद्दामा पक्राउ गर्ने निर्देशन दिएकोले पत्रकार थपलियालाई पक्राउ गरी काठमाडौँ पठाइएको बताए ।


दुर्गा परियार