स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएकोमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा धन्यवाद व्यक्त
राष्ट्रिय मानव अधिकार आयोगले वैशाख ३० गते साँझ एक विज्ञप्ति प्रकाशन गरी स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गराउन भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, कर्मचारी, सरक्षाकर्मी, पर्यवेक्षक तथा नागरिकलाई धन्यवाद व्यक्त गरेको छ ।
लोकतन्त्रको महत्वपूर्ण प्रक्रियाको रूपमा आवधिक निर्वाचन हुनु सकारात्मक पक्ष भएको आयोगले बताएको छ ।
साथै आयोगले विज्ञप्तिमा स्थानीय तह निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरेको समेत जनाएको छ ।
स्थानीय तह निर्वाचनमा स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनिश्चितताका लागि आयोगका माननीय अध्यक्ष, सदस्य, आयोगका पूर्व पदाधिकारीहरू तथा का.मु. सचिव नेतृत्वको सात ओटा उच्चस्तरीय अनुगमन टोली एवम् आयोगका कर्मचारीहरू सम्मिलित ४५ ओटा टोलीले ७७ ओटै जिल्लामा अनुगमन गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु र दाङ जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदान स्थगित भएको पाइएको आयोगले जनाएको छ ।
बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालिकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा, महोत्तरी लगायतका जिल्लाका केही मतदान केन्द्रहरूमा राजनीतिक दलका कार्यकताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा हवाइफायर हुँदा केही समय मतदान प्रभावित भएको बुझिएको छ ।
अपेक्षाकृत निर्वाचन शान्तिपूर्णरूपमा हुन नसकेको आयोगको अनुगमनबाट तथा आयोगलाई प्राप्त सूचनाका आधारमा देखिएको आयोगले उल्लेख गरेको छ ।
ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहे पनि हुम्ला, गोरखा तगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकोले अघिल्लो दिन देखि हिँडेर समेत मत खसाल्न मतदाताहरू केन्द्रमा पुगेको पाइएको आयोगले जनाएको छ ।
मतदाता शिक्षाको अभावका कारण मतदान गर्ने तरिकामा अलमलमा परेको, कतिपय मतदान स्थलहरूमा खानेपानीको व्यवस्थापन नहुँदा मतदाता बेहोस हुन पुगेको छ ।
शौचालयको अभाव भएको, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था नभएको पाइएको आयोगले जनाएको छ ।
त्यसैगरी, मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिकृत कुटिनु जस्ता घटनाले राजनीतिक दलहरूले थप संयमता अपनाउनु पर्ने देखिएको विज्ञप्तिमा जनाइएको छ ।
अतः स्थानीय तहको निर्वाचनमा स्थगित भएका स्थानमा शन्ति सुरक्षा मापन गरी तत्काल मतदान गराउन आयोगले भनेको छ ।
मतदानमा सबैको पहुँच पुर्याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आयोगले आग्रह गरेको छ ।
साथै, दलहरूले पनि स्थगित भएका पुनः निर्वाचन प्रक्रियामा शान्तिपूर्ण रूपमा भाग लिन, झडपमा घइते भएकाहरूको उपचार गर्न आयोगले आग्रह गरेको छ ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…