स्थानीय तह निर्वाचन २०७९: मतदान सम्पन्न

  ०७९ वैशाख ३० गते

इन्सेक, सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको दुई वटा मतदान केन्द्रको निर्वाचन वैशाख ३० गते स्थगित भएको छ । मतदान अधिकृत विपिन यादवलाई स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि असहज परिस्थित सृजना भएकाले निर्वाचन स्थगित गर्नु परेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनु भयो ।

अशक्त महिला मतदाताले इच्छाएको चिन्हमा छाप नलगाई मतदान अधिकृत यादवले फरक चिन्हमा छाप लगाएको स्थानीयवासी र दलका प्रतिनिधिले समातेपछि विवाद उत्पन्न भई स्थानीयवासीले यादवलाई कुटपिट गरेका छन् । मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेका छन् । विवाद हुँदा ‘क’ केन्द्रमा १ सय ३६ मत र ‘ख’ केन्द्रमा १ सय ६० मत खसेको थियो । विवाद भएपछि खसेको मत पनि मतमेटिका फुटाएर छरिएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रनाउ श्याम शर्मा पौडेल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, ‘ख’ केन्द्रका मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, ‘क’ केन्द्रका सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवको समेत उपस्थितीमा बसेको सर्वदलिय बैठकले मतदान अधिकृत यादवले जसपाको चुनाव चिन्हको साटो नेपाली काँग्रेसको चुनाव चिन्हमा मत लगाएको स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकोले मतदान स्थगित गर्ने निर्णय गरेको छ ।

सर्वसम्मतिले गरिएको उक्त निर्णयमा निर्वाचनमा सहभागी नेकपा एमाले, काँग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित जनप्रतिनिधि, पत्रकार, समाजसेवीको उपस्थिती रहेको छ ।

कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । अशक्त महिलाले इशारा गरेकै स्थानमा आफूले सोधेर रुख चिन्हमा छाप लगाएको बताउनु भएका मतदान अधिकृत यादवले योजनाबद्ध ढङ्गले आफूमाथि कुटपिट गरेको बताउनु भयो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गण्डकी गाउँपालिका–७ घ्याल्चोक स्थित ज्ञानमार्ग मावि ‘ख’ मतदान केन्द्रमा झण्डै ५० मिनेट मतदान रोकिएको छ । एक युवाले आमाको मत हालेर फर्किएपछि आफ्नो मत हाल्न जाने क्रममा विवाद भएको थियो । कांग्रेस र माओवादी बिच विवाद वढेपछि भएको हुलहुज्जतले मतदान स्थलको बार भाँचेर मतपेटिका भएको ठाउँसम्म पुगेपछि एक राउण्ड हवाइ फायर गरिएको गण्डकी गाउँपालिकामा खटिएका प्रहरीका इन्स्पेक्टर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । विवाद पछि स्थगित भएको मतदान प्रक्रिया सर्वदलिय बैठक बसेर एक घण्टा पछि सुरू भएको श्रेष्ठले बताउनु भयो ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार गिमाया गुरुङ्गलाई रुपा गाउँपालिका–५ को मतदान केन्द्रमा अवरोध गरेको छ । रुपा–१ मा एमाले उम्मेदवार नवराज ओझालाई मतदान केन्द्रमा अवरोध गरेको भन्दै रुपा–५ मा कांग्रेस उम्मेदवारलाई स्थानीयले रोकोका हुन् ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नगरपालिका वडा नं. ८ रिस्तीमा मेयरका उम्मेदवार दिपक जोशीमाथी कांग्रेस कार्यकर्ताहरुद्धारा आक्रमण गरिएको र विवाद भएपछि मतपत्र च्यात्तिएको छ । आँबुखैरेनी गाउँपालिकामा फर्जी मत खसाल्न खोजेको आरोपमा दुई जनालाई गिरफ्तार गरिएको छ ।

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । स्थानीय तहको निर्वाचनमा भोट हाल्नको लागि शिघ्रेदेखी बालिङ्ग नगरपालिका–१४ पञ्चमूलमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज रिफर गरिएको छ । ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

इन्सेक, काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार जिल्लाका चार ओटा मतदान केन्द्रको स्थगित भएको मतदान प्रकृया ३.३० बजेसम्म सुचारु हुन सकेको छैन । तेमाल गाउँपालिका– ७ स्थित भुमेश्वर मावि मतदान केन्द्रमा मतदाताबीच विवाद हुँदा भएको झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेपछि मतदान प्रकृया स्थगित भएको हो ।

यस्तै तेमाल गाउँपालिका–९ को कुशेश्वोर मावि केन्द्रमा अशक्तको भोट हाल्ने कुरामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधि बीचको विवादका कारण मतदान स्थगित भएकोमा अझै हुन सकेको छैन ।  चौरीदेउराली गाउँपालिका–६ को प्रभा मावि केन्द्रमा पनि विवाद हुँदा जगेडामा राखिएका खाली मतपेटिका तोडफोड भएपछि मतदान प्रकृया स्थगित भएको हो ।

यसैगरी, पाँचखाल नगरपालिका–१३ मा रहेको सीता मावि मतदान केन्द्रमा पनि एमाले र गठबन्धनमा रहेका दलबीच विवाद हुँदा मतदानका लागि प्रयोग गरिएको फर्निचर तोडफोड भएपछि मतदान स्थगित भएको छ । यी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक राखेर निर्वाचन प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि खतिवडाले जानकारी दिनु भएको छ ।

इन्सेक, सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार मतदानका क्रममा हवाइ फायर पछि रोकिएको रुपनी गाउँपालिका–५ को निर्वाचन वैशाख ३० गते राति स्थगित गरिएको छ । पुनः सुचारु भएको मतदानका क्रममा साँझ साढे ६ बजे उत्तेजित भिडलाई नियन्त्रण गर्न हवाइ फायर गर्नु परे पछि उपस्थित मतदाता तितरबितर भएकाले निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत कुमार मास्केले बताउनु भयो । शान्तिपूर्ण निर्वाचन भएकाले स्थगित गर्न नहुने भन्दै जसपा नेपालका कार्यकर्ताको प्रदर्शनका कारण राति ९ बजे तयार पारिएको स्थगनको सूचना ढिलो गरी टाँसेर कर्मचारीहरु मतदानस्थलबाट बाहिरिएका हुन् ।
जसपाबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरेराम यादवका अनुसार शान्तिपूर्ण तरिकाले मतदान भएपछि मात्र बाहिर सडकमा हवाइ फायर भएकोले निर्वाचन स्थगन गर्नु आवश्यक थिएन । दलहरुका कार्यकर्ताबीच झडपको स्थिती सृजना भई हवाइ फायर गर्नुपर्दा भिड तितरबितर भई मतदान गर्न पाउने अवस्थाबाट मतदाता बञ्चित भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले भने निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । दलहरुबीच सहमति कायम हुन नसक्दा मतदान कार्यलाई व्यवस्थित ढङ्गले अघि बढाउन नसकिएकोले स्वभाविक रुपमा मतदान गर्नबाट मतदाता बञ्चित भएकोले स्थगित गर्नुपरेको निर्वाचन अधिकृत मास्केले बताउनु भयो । अपरान्ह सवा ४ बजे वर्षाले मतदान कार्य प्रभावित भएपछि रोकिएको मतदान कार्य पुनः सुचारु गरिएपछि दोहो¥याएर मत खसालेको भन्दै दुई पक्षबीच झडप भएको थियो । निर्वाचन अधिकृत मास्केका अनुसार उक्त मतदानस्थलको मतदान केन्द्र ‘क’ मा ७ सय ५६ मतदातामध्ये ५ सय ९६ र केन्द्र ‘ख’ मा ७ सय ६७ मतदातामध्ये ५ सय ६२ जनाको मत खसेको थियो ।

इन्सेक, बारा प्रतिनिधि भोला पौडेलका अनुसार पचरौता नगरपालिकाको बरगाची मतदान केन्द्र कब्जा गरेको आरोपमा मतदान स्थगित भएको छ । पचरौता नगरपालिका–२ बरगाछी मतदान केन्द्र नेपाल कम्युनिष्ट पार्टी एमालेका नगर प्रमुखका उम्मेदवार ४५ वर्षीय जलन्धर सिंहले कब्जा गरेको सो केन्द्रका मतदान अधिकृत विजय यादवले आरोप लगाउनु भएको छ । उहाँले जलन्धर सिंह समूहका व्यक्तिहरु आएर मतपत्रमा हस्ताक्षर गर्न लगाइ ४ सय पन्ध्र मतपत्र मतपेटिकामा खसालेको आरोप लगाउनु भएको छ । मतदान केन्द्र कब्जा भएपछि नगरपालिकाका मतदान अधिकृत निरबहादुर ढकाललाई जानकारी गराएको बताउनुभयो । उहाँले घटनाबारे सिडीओ कृष्णबहादुर कटुवाललाई जानकारी गराएको बताउनुभयो । पचरौता नगरपालिकाका निर्वाचन अधिकृत निरबहादुर ढकालले बुथ कब्जा गरेको जानकारी आउना साथ आफु भन्दा माथिको निकायमा जानकारी गराएको र गलत गर्नेलाई कारबाही गर्न माग गरेको बताउनुभयो । सिडीओ कृष्णबहादुर कटुवालले बुथ कब्जा भएको जानकारी आएकाले मतदान केन्द्र अनुगमन गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन आयोगमा समन्वय भइरहेको बताउनुभयो ।

धनकुटा नगरपालिका–३ स्थित भाषामा माविमा तोकिएको केन्द्रबाट मतदान गर्दै धनकुटा नगरपालिका–३ का सेउलेका विकास घिमिरे र विजय घिमिरे । उनीहरू वैशाख २८ गतेदेखि बाबु हर्क घिमिरेको मृत्यु पछि आशौचमा छन् । फोटो: ईश्वर थापा/धनकुटा
धनकुटा नगरपालिका–३ स्थित भाषामा माविमा तोकिएको केन्द्रबाट मतदान गर्दै धनकुटा नगरपालिका–३ का सेउलेका विकास घिमिरे र विजय घिमिरे । उनीहरू वैशाख २८ गतेदेखि बाबु हर्क घिमिरेको मृत्यु पछि आशौचमा छन् । फोटो: ईश्वर थापा/धनकुटा

बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लाको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव मावि लिस्किटामा रहेको मतदान केन्द्रमा मत हाल्न गएका ३० वर्षीय मोहनराम बिकमाथि कुटपिट भएको छ । कुटपिटबाट उनको दाँया खुट्टाको हड्डी खुस्किएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश लुहारले बताउनु भयो। एमाले तथा राप्रपाका कार्यकर्ता मिलेर मोहनमाथि मतदान केन्द्रमै कुटपीट भएको उउनको दावी छ । मतदान केन्द्रमा गएका बेला आफूलाई लखेटर लात्तीले हानेको घाइते मोहन बिकको आरोप छ ।

सप्तरी प्रतिनिधि मनोहर कुमार पोखेरेलका अनुसार डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको दुई वटा मतदान केन्द्रको निर्वाचन वैशाख ३० गते स्थगित भएको छ । मतदान अधिकृत विपिन यादवलाई स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि असहज परिस्थित सृजना भएकाले निर्वाचन स्थगित गर्नु परेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनु भयो ।
अशक्त महिला मतदाताले इच्छाएको चिन्हमा छाप नलगाई मतदान अधिकृत यादवले फरक चिन्हमा छाप लगाएको स्थानीयवासी र दलका प्रतिनिधिले समातेपछि विवाद उत्पन्न भई स्थानीयवासीले यादवलाई कुटपिट गरेका छन् । मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेका छन् । विवाद हुँदा ‘क’ केन्द्रमा १ सय ३६ मत र ‘ख’ केन्द्रमा १ सय ६० मत खसेको थियो । विवाद भएपछि खसेको मत पनि मतमेटिका फुटाएर छरिएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।
डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रनाउ श्याम शर्मा पौडेल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, ‘ख’ केन्द्रका मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, ‘क’ केन्द्रका सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवको समेत उपस्थितीमा बसेको सर्वदलिय बैठकले मतदान अधिकृत यादवले जसपाको चुनाव चिन्हको साटो नेपाली काँग्रेसको चुनाव चिन्हमा मत लगाएको स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकोले मतदान स्थगित गर्ने निर्णय गरेको छ ।
सर्वसम्मतीले गरिएको उक्त निर्णयमा निर्वाचनमा सहभागी नेकपा एमाले, काँग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित जनप्रतिनिधि, पत्रकार, समाजसेवीको उपस्थिती रहेको छ ।
कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । अशक्त महिलाले इशारा गरेकै स्थानमा आफूले सोधेर रुख चिन्हमा छाप लगाएको बताउनु भएका मतदान अधिकृत यादवले योजनाबद्ध ढङ्गले आफूमाथि कुटपिट गरेको बताउनु भयो ।
यसैबिच शम्भुनाथ नगरपालिका–३ कचन्दाहा टोलमा स्थित श्री रा द माविको मतदान केन्द्र (क) मा सोही ठाउँकी ३७ वर्षीया कसम देवी चौधरी आफ्नो मताधिकारबाट बञ्चित हुनु भएको छ । मतदान केन्द्रमा आएकी उहाँको नामबाट उहाँ आउनु अघि नै अर्को व्यक्तिले मत खसालेर गएको भन्दै आफूलाइ मतदान गर्नबाट बञ्चित गरिएको इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानलाई जानकारी गराउनु भयो ।
पासवानले उक्त मतदान केन्द्रका मतदान अधिकृत संजय यादवलाई भेटि सो विषयमा जानकारी गराएका थिए । कसम देर्वी मताधिकारबाट बञ्चित भएको बारे जानकारी गराएपछि यस विषयमा हामी बिच छलफल गरी मताधिकारको सुनिश्चितता गरिने मतदान अधिकृत यादवले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार मिथिला नगरपालिका–८ जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्र (क) मा ३७ वर्षीया फूलमाया डिमडुङ आफनो मताधिकारबाट बञ्चित हुनु भएको छ । भोट खसाल्न मतदान केन्द्र पुग्दा उहाँको ठाउँमा मत खसाइ सकेको रेकर्डमा देखिएपछि आफुलाई मतदान गर्न नदिएको फुलमायाले गुनासो गर्नु भयो ।
मतदान अधिकृत सुमित कुमार साहलाई इन्सेक जिल्ला प्रतिनिधीले सम्पर्क गर्दा यस केन्द्र दुई जनाको नामबाट पहिले नै मत खसाई सकेको दलका पोलि एजेन्टहरुले समेत बताएको र हाम्रो रेकर्डमा समेत उहाँहरुको नाममा मत खसाइएको देखिएकाले तत्कालका लागि उहाँहरुलाई फिर्ता पठाएको वास्तविक नै हो भन्नु भयो ।
मतको अधिकारबाट कसैलाई बञ्चित गर्ने आफुहरुको मनस्थिती नरहेको बताउँदै मतदान अधिकृत सुमित कुमार साहले भिडभाड कम भएपछि अन्तिम समयमा उम्मेदवार र दलका प्रतिनिधीहरुसंग यस विषयमा छलफल गरि निर्णय गरिने बताउनु भयो ।
यसैविच शहीदनगर नगरपालिका–१ स्थित थत कुम्भकर्ण प्रावि मतदान केन्द्रमा ७० वर्षीय दृष्टिविहिन दुखी साहको इच्छा विपरित सहायक मतदान अधिकृतले छाप लगाएको विषयमा विवाद उत्पन्न भई स्थगित भएको मतदान कार्य पुनः सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको बताउनु भयो । मतदाताको इच्छा विपरित मतदान गरेको मतपत्र बदर गर्ने निर्णय गरिएको छ । अहिले उक्त मतदान केन्द्रमा अवरुद्ध भएको मतदान सुचारू भएको छ ।
यसैबिच मिथिला नगरपालिका–२ स्थित नक्टाझिजको मतदान केन्द्र (ख) मा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान गरिएको छ ।
मतदान अधिकृत निरञ्जन कुमार पण्डितले भूलबस हस्ताक्षर छुटेको मतदान पत्रमा मतदान भएको स्विकार गर्दै कत्ति मतपत्रमा हस्ताक्षर विनाको मतदान भएको बारे एकिन भएको छैन् । निर्वाचन केन्द्रका निर्वाचन अधिकृतको कमजोरीले हस्ताक्षर छुटेको मतदान स्थलका प्रमुख अधिकृत सन्तोष कुमार यादवले बताउनु भयो ।
निर्वाचन अधिकृतको हस्ताक्षर विनाको खसेको मतबारे मतगणनाको क्रममा राजनीतिक दलहरुबिच आपसी छलफल अनुसारको निर्णय लागु गरिने निर्वाचन स्थलका प्रमुख यादवले बताउनु भयो ।

बैतडी प्रतिनिधि नरी बडुका अनुसार स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने क्रममा पाटन नगरपालिका– ६ टुँडेगैरका ६८ वर्षीय कमलसिंह विष्टको मृत्यु भएको हो । कृष्ण मावि पाटन मतदान केन्द्रमा पुग्ने बित्तिकै एक्कासी बेहोस हुनुभएका विष्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा मृत घोषित गरिएको थियो । दम तथा अन्य रोगबाट पीडित विष्टलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रमा लगिएको र मतदान गर्न नपाउँदै उहाँको मृत्यु भएको कमलसिंह विष्टका आफन्त बसन्त विष्टले बताउनु भयो ।

घाम र पानीबाट सुरक्षित रहनका लागि त्रिपाल लगाइएको परीक्षा नियन्त्रण कार्यालय बल्खुस्थित मतदान केन्द्र । फोटोः आर्या अधिकारी/काठमाडौँ
घाम र पानीबाट सुरक्षित रहनका लागि त्रिपाल लगाइएको परीक्षा नियन्त्रण कार्यालय बल्खुस्थित मतदान केन्द्र । फोटोः आर्या अधिकारी/काठमाडौँ

त्यसैगरी मतदान गरेर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका-३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार-३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको छ । भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो । मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्यचौकी पुर्‍याएको भएपनि उहाँको बाटोमै मृत्यु भएको जोशीले बताउनुभायो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार मिथिला नगरपालिका–८ जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्र (क) मा ३७ वर्षीया फूलमाया डिमडुङ आफ्नो मताधिकारबाट वञ्चित हुनु भएको छ । भोट खसाल्न मतदान केन्द्र पुग्दा उहाँको ठाउँमा मत खसाइ सकेको रेकर्डमा देखिएपछि आफुलाई मतदान गर्न नदिएको फुलमायाले गुनासो गर्नु भयो । मतदान अधिकृत सुमितकुमार साहलाई इन्सेक जिल्ला प्रतिनिधिले सम्पर्क गर्दा यस केन्द्र दुई जनाको नामबाट पहिले नै मत खसाई सकेको दलका प्रतिनिधिहरूले समेत बताएको र अभिलेखमा समेत उहाँहरुको नाममा मत खसाइएको देखिएकाले तत्कालका लागि उहाँहरूलाई फिर्ता पठाएको बताउनु भयो ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनसार बलवा नगरपालिकाको एक मतदान स्थलमा गोली चलेको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत भइरहेको मतदानको क्रममा बलवा नगरपालिका–५ को मतदानस्थलमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो ।

बलवा–५ स्थित मनसिव महाविर आधारभूत विद्यालयमा रहेको केन्द्रमा जनता समाजवादी पार्टीबाट वडा नं. ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखेको मतदाता नामावली च्यातिएपछि विवाद भएको थियो । विवादले उग्ररूप लिने देखिएपछि भिडलाई तितरवितर गर्न सुरक्षाकर्मीले एक राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।

इन्सेक प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार प्यूठान नगरपालिका–१० स्थित जनता मावि बागदुला  र बुढादेवी मरनथाना मतदान केन्द्र नजिक सडक छेउमा शङ्कास्पद वस्तु राखेको पाइएको छ । प्रेसर कुकर र डिब्बामा दुई ठाँउमा शङ्कास्पद वस्तु राखेको पाइएको थियो । नेपाली सेनाको टोली घटनास्थल पुगेर प्रेसर कुकर बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा वैशाख ३० गते बिहान ७ बजेदेखि मतदान कार्य सुरू भएको छ । जिल्लाभर मतदान कार्य शान्तिपूर्ण रुपमा चलिरहेको मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले बताउनु भयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पा जिल्लामा जम्मा १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका छन् । पाल्पा जिल्लामा १ सय १८ मतदानस्थल र २ सय ४७ मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रहरूमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी लगायतलाई लाइनमा बस्न नपर्ने गरि मतदान गर्ने व्यवस्था मलाइएको छ ।

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार जिल्लामा सबै मतदान केन्द्रहरूमा बिहान ७ बजे देखि नै मतदान सुरू भएको छ । अपाङ्ता भएका ज्येष्ठ नागरिकलाई स्वंयम सेवकहरूले मतदान केन्द्रसम्म पुर्याउने गरेका छन् । तिलोत्तमा नगरपालिकामा सवारी अनुमति नलिएका मोटरसाइकलमा राजनीतिक दलका कार्यकर्ताहरूले मतदाताहरूलाई ओसार्ने गरेको पाइएको छ । सिद्धार्थनगर नपा– ३ खजना निमावि मतदान केन्द्रमा हिलोले गर्दा मतदान गर्न समस्या परेको छ । सिद्धार्थनगर नपा भैरहवा उच्च मावि मतदान केन्द्र मतदातालाई गठबन्धनका कार्यकर्ताले खाजा खुवाउन होटलमा लगे पछि नेकपा एमालेका कार्यकर्ताहरूले विरोध गरे पछि केही बेर विवाद भएको थियो ।

रुकुम पुर्व जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–२ को पेल्पा मतदान केन्द्रमा समयमा मतदान हुन सकेको छैन । वैशाख २९ गते नेपाली कांग्रेस, नेकपा एमालेको गठबन्धन र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडपको विषयलाई लिएर मतदान हुन सकेको छैन । अहिले गठबन्धन र नेकपा माओवादी केन्द्रका नेताहरूबिच भएको छलफलले मतदान सुरू गर्न सहमति पत्रमा हस्ताक्षर गरेका छन् । समाचार तयार गर्दासम्म मतदान सुरू भएको छैन । जिल्लाका अन्य मतदान केन्द्रहरूमा बिहान ७ बजे देखि मतदान सुरू भएको छ । तीन अटै स्थानीय तहमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

रोल्पा जिल्ला प्रतिनिधि तिलक घर्ती मगरका अनुसार जिल्लाका १० वटै स्थानीय तहका १ सय ७३ मतदान केन्द्रहरूमा बिहान ७ बजे देखि मतदान सुरू भएको छ ।  मतदान कार्य शान्तिपूर्ण तरिकाले भइरहेको छ । अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार इस्मा गाउँपालिका–५ आनन्दपुर मावि मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधि ढिलो आएका कारण ७.३० बजेबाट मतदान सुरू भएको छ । अन्य ठाँउमा बिहान ७ बजे सुरू भएको छ । इस्मा गाउँपालिका–१ हिमालयन मतदान केन्द्रमा वैशाख २९ गते राती गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबिच भएको विवादलाई लिएर समयमा मतदान हुन सकेन दुबै पक्षको छलफलबाट २ घण्टा ढिलो गरी ९ बजेबाट मतदान सुरू भएको छ । जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

बाँके जिल्लामा तोकिएको समय बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बजारको मुख्य सडक क्षेत्र भन्दा भित्र  गल्लीहरूमा सवारी अनुमति नभएका मोटर साइकल र उम्मेदार चढने गाडीहरूले मतदाताहरूलाई मतदान केन्द्र सम्म पुर्याउने गरेको पाइन्छ ।

अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार सन्धीखर्क नपा–१ बालमन्दिर मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरू ढिला आएका कारण ७ बजेर २० मिनेटमा मतदान सुरू भयो । जिल्लाका अन्य मतदान केन्द्रहरूमा तोकिएको समयमा नै मतदान सुरू भएको छ । सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तारिकाले मतदान भइरहेको छ ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्लामा तोकिएको समयमा शान्तिपूर्ण तरिकाले मतदान भई रहेको छ । जिल्लामा कुनै  अप्रिय घटना भएको छैन ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान परेको पानी र हावा हुरीका कारण निर्वाचन स्थलहरू लगाइएको टेन्टहरू भत्काएको भएपनि समयमा नै मतदान सुरू भएको छ ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि मतदान सुरू भएको छ । कही पनि कुनै किसिमको विवाद भएको पाइदैन ।

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तवरले बिहान ७ बजेबाट मतदान सुरू भएको छ ।

काभ्रेबाट इन्सेकका पर्यवेक्षक काजल तामाङका अनुसार चौरीदेउराली गाउँपालिका-६ को कात्तिके देउरालीको प्रभा माविमा रहेको मतदान केन्द्रमा १० बजेतिर व्याकपका लागि राखिएका मतपेटिका तोडफोड भएपछि मतदान प्रकृया अवरुद्ध भएको छ । मतदान प्रकृया चलिरहेको समयमा परिवारका सदस्यबाट नै आफन्तको नाममा भोट खसालेको विषयमा विवाद हुँदा एक समूहले मतदान केन्द्रसँगैको भवनमा राखेका मतपेटिका तोडफोड गर्न थालेपछि मतदान प्रकृया अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रराज जोशीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी गङ्गाप्रसाद पौडेलले दिएको जानकारी अनुसार बैतेश्वर गाँउपालिका–१ वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदाताबिच विवाद हुँदा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ । मतदाताबिच विवाद बिहान ९ बजेतिर भएको र त्यसपछि मतदान प्रकृया अवरूद्ध भएको जिल्ला प्रमुख निर्वाचन कार्यालयले पुष्टि गरेको इन्सेक जिल्ला प्रतिनिधि उद्धब पोखरेलले बताउनु भयो ।

इन्सेक रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लाको केही मतदान केन्द्रमा विवाद हुँदा मतदान प्रकृया स्थगित हुनाका साथै प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फाएर गरेको छ । मन्थली नपा-१२ गेलुको सिक्राल मतदान केन्द्रमा मतदानको लागि लाइनमा बसेका मतदातालाई कांग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले केही राउण्ड हवाइ फायर गरेको छ । सो मतदान केन्द्रमा बिहान १० बजे मतदान स्थगित भएको हो । यसैगरी मन्थली नगरपालिका-९ को पुरानागाउँ मतदान केन्द्रमा लाइन बसेका मतदातालाई प्रहरीले लाठिप्रहार गरेको विषयमा विवाद हुँदा १० बजेबाट मतादन प्रकृया स्थगित भएको छ । सुनापति गाउँपालिका-२ को मानवुर मतदान केन्द्रमा झडप हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । १० बजेदेखि मतदान स्थगित भएको छ ।

खाँडादेवी गाउँपालिका-१ को राकाथुम मतदान केन्द्रमा कांग्रेस र माआवादीबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाई फायर गरेको छ । १० बजेदेखि उक्त मतदान केन्द्रमा मतदान प्रकृया स्थगित भएको छ । दोरम्भा गाउँपालिका-३ कन्ठेश्वर मावि मतदान केन्द्र एजेन्टले मतदातासँग मतपत्र खोसेर मतदान गरेको भन्दै ११ बजेबाट विवाद हुँदा मतदान स्थगित भएको छ ।

पर्सा, प्रतिनिधि केसी लामिछानेकाअनुसार वीरगञ्ज महानगरपालिकाको–८ स्थित भोजपुरी प्रतिष्ठान भवनमा रहेको बुथमा जसपाका केही मतदाताले छाता ओढेर मत खसाल्न गएको भन्द्रै एमाले र काँग्रेसले विरोध गरेपछि विवाद हुँदा प्रहरीले लाठी चार्ज गरेको र अहिले अवस्था सामान्य रहेको छ ।

सर्लाही, प्रतिनिधि बुधन साहकाअनुसार मलङ्गवा नपा–१ भेडियाही आधारभुत विद्यालयमा बिहान ९:२५ बजे मतदानस्थलमा ३८ वर्षीय पतिले कसैको कुरा नमानी ३४ वर्षीया पत्नी सुशीलादेवी मण्डलको हातबाट ब्यालेट पेपर लिई आफ्नै हातले मत खसालेपछि विवाद भएको छ । मतदान ब्यालेट पेपर लिए पश्चात् दुवै जना पति र पत्नी मतदान गर्न मतपेटिकामा पुगेका थिए । मतदान अधिकृत गौरीशंकर कुमार सिंहको मिलोमतोमा पतिले पत्नीको भोट खसालेको भन्दै जसपा र नेपाली काँग्रेसका कार्यकर्ताहरु बिच बिवाद भएको काँग्रेसका कार्यकर्ता नवीन चौधरीले बताउनु भयो । पत्नी सुत्केरी भएकीले आफ्नो हातले भोट खसाल्न नसकेको खण्डमा उहाँको पतिले भोट खसालेको मतदान अधिकृत गौरीशंकर कुमारले बताउनु भयो ।

सप्तरी, प्रतिनिधि मनोहरकुमार पोखरेलकाअनुसार राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा रहेको मतदानस्थलको मतदान केन्द्र ‘ख’ मा मतपत्र देखाएर मतदान गर्दै गरेको पाइएको छ । मतदानस्थलमा सँगै बक्सभित्रबाट हेर्ने र सिकाउने लोसपाका वडा अध्यक्ष पदका प्रत्याशी छन् । सोही मतदान केन्द्रबाट एक महिला बाकसमा नखसाई मतपत्र लिएर बाहिरिएकी छिन् । उक्त विद्यालयको मतदानस्थलमा ८ सय ५८ महिला र ९ सय ३२ पुरुष गरी १ हजार ७ सय ९० मतदाता छन् ।

बैतडीको दशरथचन्द नगरपालिका-७ को केदारशिला माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मत हाल्न जाँदै अपाङ्गता भएका मतदाता । मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा समस्या भएको छ । फोटोः नरीदत्त बडु/बैतडी
बैतडीको दशरथचन्द नगरपालिका-७ को केदारशिला माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मत हाल्न जाँदै अपाङ्गता भएका मतदाता । मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा समस्या भएको छ । फोटोः नरीदत्त बडु/बैतडी

इन्सेक हुम्ला प्रतिनिधि नन्द सिंहकाअनुसार महादेव मावि मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र उम्मेवारका समर्थकबीच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रोकाय तथा मतदाता लीला शाही घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खे लैजाने तयारी गरिएको र मतदान स्थगित भएको हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनु भयो । यसैगरी, अदानचुली गाउँपालिका–४ कुकुरछल्नामतदान केन्द्रमा वारेसका विषयमा झडप हुँदा नेपाली सेनाले हवाइ फायर गरेको छ । हाल मतदान स्थगित भएको छ । यसैगरी, सिमकोट–२ रामदेव मावि मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ ।

इन्सेक सल्यान प्रतिनिधि मीना बुढाथोकीका अनुसार जिल्लाका १० स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । महिला, पुरुष र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ । भोट खसाल्न मतदाताहरू उत्साहपूर्वक लाइन लागेका छन् ।

इन्सेक धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार गल्छी गाउँपालिका–८  गोगगनपानी मावि मतदान केन्द्रमा वैशाख ३० गते बिहान ९ बजेसम्म मतदान सुरु भएको छैन । वैशाख २९ गते राति  गठबन्धनका कार्यकर्ताले नेकपा एमाले  सम्पर्क कार्यालय र कार्यकर्ता माथि आक्रमण गरेको घटनाका आरोतिलाई कारबाही र क्षतिपुर्ति माग गरेपछि मतदान सुरु नभएको हो । गठबन्धन कार्यकर्ताले एमोलेको सम्पर्क कार्यालय तोडफोड गरेका छन् । गोगनपानीमा एमाले कार्कर्तामाथि कुटपिट भएको नेकपा एमाले नेता नरेश खतिवडाले जानकारी दिनुभयो । कुटपिटका कारण २६ वर्षीय कुमार बुढाथोकी सहित पाँच जना कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि मनमोहन अस्पतालमा काठमाडौँमा लगिएको छ । घटनामा एमाले वडाअध्यक्ष उम्मेदवार रामहरि थापाको घरमा भएको तोडफोड र सवारी साधनमा क्षति पुगेकोले क्षतिपुर्ति माग गरेर मतदान रोकेको हो । घटनामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरी र जनपथ प्रहरीले केही नेपाली कांग्रेस र नेकपा समाजवादीका केही कार्यकर्ता गिरफ्तार भए पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री शेर बहादुर देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द ख बाट मतदान गरेका छन । फोटो: भुपेन्द्र बिष्ट
प्रधानमन्त्री शेर बहादुर देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द ख बाट मतदान गरेका छन । फोटो: भुपेन्द्र बिष्ट

इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार देवताल गाँउपालिका–७ पिपरपाति जब्दीमा रहेको नेपाल राष्टिय माद्ययमिक विद्यालयको मतदान केन्द्रमा नेपाल लोकतान्त्रिक समाजबादी पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार ३५ वर्षीय विकास हिंह र नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार ४२ वर्षीय सतेन्द्र यादवबिच झडप भएको छ । झडपमा नेपाल लोकतान्त्रिक पार्टीका वडा अध्यक्षका उम्मेदवार ३५ वर्षीय विकास सिंह, नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार ४२ वर्षीय सतेन्द्र यादव, सोही वडाका ४० वर्षीय रामेश्वरकुमार सिंह , ६० वर्षीय बृजकिशोर यादव, ३५ वर्षीय राजीव यादव र सोही टोलका पोलिएजेन्ट ३२ वर्षीय विकास यादव घाइते भएको छन् । टाउको र शरीरका विभिन्न ठाँउमा चोटलागेको घाइतेको उपचार गराउन स्थानीय नागरिक र स्थानीय प्रशासनले चासो नदिएको घाइते बृजकिशोर यादवले बताउनुभयो । उहाँले घाइतेको उपचार गराउन माग गर्नुभएको छ । बिहान ७ बजे शुरु भएको निर्वाचनमा मतदाताको मत पत्र नेपला लोकतान्त्रिक पार्टी र नेपाली काग्रेसका वडा अध्यक्षले अरुलाइमत पत्र दिएर भोट हाल्न लगाएकाले दुवै पक्ष विच विवाद भएको रुथानीय कर्मचारी राजिव यादवले बताउनुभयो । विहान ७:३० बजे देखि भएको विवादका कारण विहान ९:४५ सम्म मतदान प्रक्रिया अवरुघद्ध भएको छ । सिडिओ कृष्णबहादुर कटुवालको अगुवाइमा रहेको टोलीले निर्वाचन शुरु गर्न सहजिकरण गरिरहेको सिडिओ कटुवालले बताउनुभयो ।

बुटवल उपमनपा–९ टर्मिनल भवन मतदान स्थलमा मतदान गर्न लाइनमा मतदाताहरू जसमा ४ हजार २ सय ५६ जना मतदाता रहेका छन् । फोटो: रीमा बिसी/रूपन्देही
बुटवल उपमनपा–९ टर्मिनल भवन मतदान स्थलमा मतदान गर्न लाइनमा मतदाताहरू जसमा ४ हजार २ सय ५६ जना मतदाता रहेका छन् । फोटो: रीमा बिसी/रूपन्देही

इन्सेक उदयपुर प्रतिनिधि सुजाता ढुंगानाका अनुसार जिल्लाका आठ स्थानीय तहमा विहान ७ बजेबाट मतदान सुरु भएको छ । उदयपुरमा २ लाख २३ हजार मतदाताले मतदान गर्दै छन् । जसमा २ जना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकहरु पनि छन् । महिला, पुरुष र जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ । ९८ मतदान स्थल र २५८ मतदान केन्द्र रहेका छन् । दुई मतदान केन्द्को नेतृत्व महिलाले गरेका छन् ।

स्थानीय तह निर्वाचन वैशाख ३० गते नेपालगञ्ज उप–महानगरपालिका–१ धम्बोझी मावि मतदान स्थलमा मतदान गर्दै मतदाताहरू । फोटो: विनोद पाण्डे
स्थानीय तह निर्वाचन वैशाख ३० गते नेपालगञ्ज उप–महानगरपालिका–१ धम्बोझी मावि मतदान स्थलमा मतदान गर्दै मतदाताहरू । फोटो: विनोद पाण्डे

इन्सेक हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार धुमचुली आधारभूत मावि, सर्केगाड, नाम्खा गाउँपालिका–५, महाबौद्ध मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । पानी परेकाले निर्वाचन स्थगित गर्नुपरेको छिट्टै निर्वाचन प्रकृया शुरु गरिने हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनु भएको छ ।

सल्यानको सारदा नगरपालिका -१४ साविक वडा कार्यालय मतदान केन्द्र क र ख केन्द्रमा मतदान गर्दै मतदाताहरू । फोटो: मीना बुढाथोकी
सल्यानको सारदा नगरपालिका -१४ साविक वडा कार्यालय मतदान केन्द्र क र ख केन्द्रमा मतदान गर्दै मतदाताहरू । फोटो: मीना बुढाथोकी

बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार प्रसौनी गाँउपालिका–६ बेलहीयाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको छ । मतदान अधिकृत मेघराज नेपालले वृद्द मतदाताको मत आफैले खसालेको थाहा पाएपछि प्रकृया अवरुद्ध भएको हो । वैशाख २९ गतेको सर्वदलीय बैठकमा वृद्द मतदाताको मत छोराछोरीले दिने सहमति मतदान अधिकृतले उल्लघंन गरेपछि बिहान ७:३० देखि अवरुद्ध भएको मतदान विहान ८:३० सम्म विवद कायम रहेको छ । मतदान अधिकृतलाई हटाउन मतदाताको माग रहेको छ । बाराका सिडीओ कृष्णबहादुर कटुवालले विवाद मिलाउन सहजीकरण गरिरहेको बताउनुभएको छ ।

सुर्खेत जिल्ला स्थित हरिडिलभूमी मा वि मतदान केन्द्रमा मतदानको लागि लामबद्ध मतदाता, यहाँ जम्मा तातापानी, विरेन्द्रनगर नगरपालिका ५ हजार ७९ जना मतदाता रहेका छन्। फोटो: परिस्कृत पौडेल
सुर्खेत जिल्ला स्थित हरिडिलभूमी मा वि मतदान केन्द्रमा मतदानको लागि लामबद्ध मतदाता, यहाँ जम्मा ५ हजार ७९ जना मतदाता रहेका छन्। फोटो: परिस्कृत पौडेल

आजको निर्वाचन पर्यवेक्षण गर्न  इन्सेकका २ सय ३३ जना पर्यवेक्षकलाई निर्वाचन आयोगले अनुमति दिएको छ । यी पर्यवेक्षकले देशका ७७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्नेछन् ।

आगामी पाँच वर्षका लागि स्थानीय तहका प्रतिनिधिका लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आज हुने निर्वाचनबाट ६ महानगरपलिका, ११ उपमहानरपालिका २७६ नगरपालिका र ४६० गाउँपालिकाका ३५ हजार २ २१ प्रतिनिधि आजको निर्वाचनबाट निर्वाचित हुनेछन् । निर्वाचन सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ ।


अनलाइन डेस्क