स्थानीय तह निर्वाचन–२०७९ः मौन अवधि सुरू
स्थानीय तह निर्वाचन ०७९ को मतदानका दिन आउन दुई दिन मात्रै बाँकी रहँदा मौन अवधि सुरू भएको छ । निर्वाचन हुनुभन्दा दुई दिन अघिबाट मौन अवधि सुरू हुने कानुनी व्यवस्था अनुरूप मौन अवधि सुरू भएको हो ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम नहुने भए पनि यस अवधिमा मतदाता प्रभावित पार्ने कार्यजस्तै भोजभतेर, आर्थिक प्रलोभन, धाकधम्की, बन्देजजस्ता कार्य विगतका निर्वाचनमा हुने गरेको उदाहरण प्रशस्तै रहेका छन् ।
विगतका निर्वाचनभन्दा कम भड्किलो निर्वाचन प्रचारप्रसार तथा गतिविधि भएको देखिए पनि कार्यकर्ता परिचालनजस्ता कार्यमा असीमित खर्च हुने गरेको बताइन्छ ।
इन्सेकले निर्वाचन गतिविधि, निर्वाचन आचार संहिता उल्लंघनका घटना, मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समेटेर आजैबाट निर्वाचनलक्षित दैनिक प्रतिवेदन प्रकाशन थालेको छ ।
दैनिक प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…