स्थानीय तह निर्वाचन – ०७९ः प्रमुखसहित २७ जना उम्मेदवार विरूद्ध उजुरी

  ०७९ वैशाख १५ गते

स्थानीय तह निर्वाचन ०७९ का लागि मनोनयन दर्ता गराएका  विभिन्न उम्मेदवार विरूद्ध  वैशाख १५ गते निर्वाचन कार्यालयमा उजुरी परेका छन् ।

रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार  जिल्लाको लुङग्री गाउँपालिकामा नेपाली काङग्रेसबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका  जनक खड्का विरुद्ध उजुरी परेको छ । जानकी निमार्ण सेवा मार्फत सुनिलस्मृति गाउँपालिका र लुङग्री गाउँपालिकामा बेरुजु तिर्न बाँकी रहेको उजुरीमा उल्लेख गरिएको छ ।  सुनछहारी गाउँपालिकामा  नेकपा एमाले, नेपाली काङग्रेस र विप्लब निकट स्वतन्त्रको साझा गठबन्धनबाट उपाध्यक्ष पदमा नेपाली काङग्रेसबाट  उम्मेरदवारी दिनुभएका कोमबहादुर बुढा विरूद्ध उजुरी परेको छ । स्थानीय निर्वाचन ऐन २०६३ को दफा १३ बमोजिम कोम बहादुर बुढाले सञ्चालन गर्दै आएको उच्च हिमाल निर्माण  सेवा कालो सुचिमा परेको उजुरीमा उल्लेख गरिएको छ ।  यस्तै सुनछहरी गाउँपालिका ४ र ६ मा नेपाली काङग्रेस, नेकपा एमाले र स्वतन्त्रको गठबन्धनबाट दलित महिला सदस्य पदमा उम्मेरदवार दर्ता गराएका दुई जना महिला स्वास्थ्य स्वयं सेविकामा बहाल रहेको भन्दै उजुरी परेको छ । सुनछहरी गाउँपालिका –७ मा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा मनोनयन दर्ता गराउनु भएका खिमानसिङ रोकाविरुद्ध चोरी पैठारी अन्तर्गत सजाय, जरिवाना भुक्तान गरि आएको समय चार महिना पनि पुरा नभएको भन्दै उजुरी परेको छ ।  यस्तै सुनछहरी गाउँपालिका ५ मा नेकपा एमालेबाट सदस्य पदमा उम्मेरदावारी दिनु भएका पुर्ण बुढा मगर विरुद्ध जनकृषि सहकारी संस्था लिमिटेड वर्षदेखि नविकरण नगरी कर छली तथा संस्थाको आर्थिक हिनामिना गरेको कसुरमा उजुरी परेको छ ।

यसैगरी, माडि गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षको पदमा उम्मेरदवार विजय घर्तीविरुद्ध सहकारीमा रकम हिनामिना गरेको आरोपमा उजुरी परेको छ । नेकपा एमालेकाबाट माडि गाउँपालिका –४ को वडा अध्यक्षमा उम्मेरदवार  बल प्रसाद विक विरूद्ध जेल सजाय भुक्तान समय मापदण्ड नपुगेको कसुरमा उजुरी परेको छ । वडा नं १ बाट अध्यक्ष पदमा उम्मेरदवारी दर्ता गराउनुभएका मोहनसिङ वली विरुद्ध सहकारीको रकम पेस्की नतिरेकाे उजुरी परेको छ । वलीले नेकपा एमालेबाट वडा सदस्यमा मनोनयन दर्ता गराउनुभएका रुपलाल घर्तीविरुद्ध अक्तियार दुरुपयोग आयोगमा मुद्दा परेको भनि उजुरी परेको छ । माडी –४ मा नेकपा माओवादीको तर्फबाट महिला सदस्यमा मनोनयन दर्ता गराएकी प्रमाली बुढा विरुद्ध महिला स्वास्थ्य स्वयंम सेविकामा बहाल रहेको भन्दै उजुरी परेको छ । सुनिलस्मृति गाउँपालिका– ७ मा सदस्य पदमा मनोनयन दर्ता गराउनु भएका उम्मेरदवारविरुद्ध उपभोक्ता समितिमार्फत काम गर्दा बेरुजु रहेको कसुरमा उजुरी परेको छ ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहमा विभिन्न पदमा मनोनयन दर्ता गराएका उम्मेदवार विरूद्ध उजुरी परेका छन् । कालिगण्डकी गाउँपलिकामा एमालेबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मन्जु दलार्मी, जनमोर्चाबाट महिला सदस्य हरिकला थापा र कांग्रेसकी महिला सदस्य इन्द्रमाया गुरुङ्ग विरुद्ध उजुरी परेको छ । चन्द्रकोट गाउँपालिकामा नेपाल मजदुर किसान पार्टीबाट अध्यक्षमा उम्मेदवारी दिएका सुरेश परियार, मालिका गाउँपालिकामा एमाले उपाध्यक्षको उम्मेदवार रनमाया पुन, कांगे्रसकी दलित महिला सदस्य मन कुमारी कामी, नेकपा माओवादी केन्द्रको वडाध्यक्ष ज्ञान कुमार बुढामगर, एमालेका वडाध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्का, नेपाली कांग्रेसका  सदस्य पदका उम्मेदवार पूर्ण बहादुर कार्की, विरबहादुर कार्की, महिला सदस्य दिपा महतरा, सदस्य सुर्य बहादुर बुढामगर, महिला सदस्य लक्ष्मी खत्री र स्वतन्त्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार टीकाबहादुर क्षेत्री विरूद्ध उजुरी परेको जिल्ला निर्वाचन कार्यालयका  अधिकृत माया कुवंरले जानकारी दिनुभयो । यसैगरी रेसुंगा नगरपालिकामा कांग्रेसबाट उम्मेदवारी दिनु भएकी महिला सदस्य पुष्पा पन्थी विरूद्ध उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ ।


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज