स्थानीय तह निर्वाचन ०७९– पाँचथरमा प्रमुखमा एक जना र उपप्रमुख पदमा १७ जना महिलाको उम्मेदवारी, महिलालाई उपेक्षा गरिएको गुनासो
स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा प्रमुख पदका लागि एक जना र उपप्रमुख पदका लागि १७ जना महिलाको उम्मेदवारी दर्ता भएको छ ।
गएको स्थानीय तह निर्वाचन ०७४ मा जिल्लामा ४ सय ७० जना महिलाको उम्मेदवारी परेको थियो भने आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि ३ सय ८ जना महिलाको मनोनयन दर्ता भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक ओटा नगरपालिकासहित आठ ओटा स्थानीय तह रहेको जिल्लामा प्रमुख पदमा एक जना र उपप्रमुख पदमा १७ जना महिलाको उम्मेदवारी दर्ता भएको छ ।
स्थानीय तह निर्वाचन ०७४ मा एक उपमेयरसहित ६ ओटा गाउँपालिकामा उपप्रमुख पदमा महिला निर्वाचित भएका थिए ।
फिदिम नगरपालिकामा ६ जनाको मेयरमा उम्मेदवारी दर्ता हुँदा महिला उम्मेदवारीको सङख्या शूण्य छ । उपमेयर पदमा चार जनाको उम्मेदवारीमध्ये महिला उम्मेदवारको सङ्ख्या दुई जना रहेको छ ।
फालेलुङ गाउँपालिकामा प्रमुख पदका लागि पाँच जना, याङवरक गाउँपालिकामा तीन जना, हिलिहाङ गाउँपालिकामा पाँच जना, फाल्गुनन्द गाउँपालिकामा पाँच जना, कुम्मायक गाउँपालिकामा चार जना, तुम्बेवा गाउँपालिकामा तीन जना र मिक्लाजुङ गाउँपालिकामा ६ जना गरी जम्मा ३७ जनाको प्रमुख पदका लागि उम्मेदवारी दर्ता भएका मध्ये महिला उम्मेदवारको सङ्ख्या एक जना छ ।
फालेलुङ गाउँपालिकामा उपप्रमुख पदका लागि चार जनामध्ये तीन जना महिला, याङवरक गाउँपालिकामा चार जनाको उम्मेदावरीमध्ये दुई जना महिला, हिलिहाङ गाउँपालिकामा दुई जनाको उम्मेदवारीमा एक जना महिला, कुम्मायक गाउँपालिका उपप्रमुख पदका लागि तीन ओटा उम्मेदवारीमध्ये दुई जना महिला, तुम्बेवा गाउँपालिकामा दुई ओटा उम्मेदवारीमध्ये एक महिला र मिक्लाजुङ गाउँपालिकामा चार जनाको उम्मेदवारीमा तीन जना महिलाको मनोनयन दर्ता भएको छ । जिल्लाभर २७ जनाले प्रमुख पदका लागि मनोनयन दर्ता गराएकामध्ये महिला उम्मेदवारीको सङ्ख्या १७ मात्र रहेको छ ।
जिल्लामा ६० ओटा वडाका लागि २ सय १५ जनाको उम्मेदवारी वडाध्यक्ष पदका लागि छ । फालेलुङ गाँउपालिकामा एक जना, फिदिम नगरपालिकामा एक जना, फाल्गुनन्द गाउँपालिकामा दुई जना र मिक्लाजुङ गाउँपालिकामा एक जना गरी पाँच जना मात्र महिलाको वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरिएको छ । खुल्ला सदस्यका लागि ३ सय ४४ जनाको उम्मेदवारी दर्ता भएपनि फिदिम नगरपालिकामा दुई जना, फालेलुङ गाउँपालिकामा एक जना, कुम्मायक गाउँपालिकामा दुई जना, मिक्लाजुङ गाउँपालिकामा दुई जना गरी सात जना महिलाको मनोनयन दर्ता भएको छ ।
०७४ सालको स्थानीय तह निर्वाचनमा ४ सय ७० जना महिलाले निर्वाचनमा भाग लिएका थिए भने यस पटक ३ सय ८ जनाको मात्र मनोनयन दर्ता भएको छ । ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक मात्र नगरपालिकामा एक जना महिला उपमेयरसहित ६ ओटा गाउँपालिकाबाट ६ जना महिला उपप्रमुख निर्वाचित भएका थिए ।
तुम्बेवा गाउँपालिकामा भने दुइ दलको गठबन्धनका कारण प्रमुख र उपप्रमुख दुवै जना पुरूष उम्मेदवार निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचन ०७९ मा जिल्लामा गठबन्धनका कारण प्रमुख र उपप्रमुख पदमा महिलाहरूको उम्मेदवारी कम परेको महिलाहरूको गुनासो छ ।
नीतिगत रूपमा प्रष्ट व्यवस्था भएपनि प्रमुख र उपप्रमुख पदमा महिलाहरूको सहभागिता कम हुनुमा राजनीतिक दलहरू एकअर्कामा गठबन्धन गरी निर्वाचनमा सहभागी भएर महिलालाई उपेक्षा गरिएको महिलाहरूको भनाइ छ ।
उम्मेदवार छनौटका क्रममा धेरै आकांक्षी रहेको र पुरूष भन्दा महिला केही लचक भएकाले महिलाहरू पछि हट्ने, चुनाव फेस गर्न आर्थिक कठिनाइ भएको र प्रमुख पदको दाबी गर्दा उपप्रमुखसमेत गुम्ने डरले प्रमुख न उपप्रमुखमा महिला उम्मेदवारलाई स्थान दिइने नेकपा एमाले प्रदेश १, कमिटी सदस्य भुमिका सुब्बाको भनाइ छ ।
राजनीतिक दलहरूले उम्मेद्वारी चयन गर्दा कानुनले प्रदान गरेको अधिकारसमेत उपभोग गर्न नदिएको र योग्य र सक्षम महिला हुँदाहुँदै विभिन्न बहानामा महिलालाई पाखा लगाउने काम गरिएको संयुक्त महिला अधिकार सञ्जाल पाँचथरकी अध्यक्ष सबिता राउत बताउनु हुन्छ ।
उम्मेद्वार छनौटका समयमा प्रयत्न गर्दागर्दै पनि पार्टीभित्र योग्य र सक्षम भएपनि पार्टीको प्रमुख नेतृत्वमा पुरूषहरुका बाहुल्यता रहेका कारण महिलालाई उपेक्षा गरिएको महिला मानव अधिकार रक्षक सञ्जाल पाँचथर सचिव गङ्गामाया आङदेम्बेको बुझाइ छ ।
उम्मेदवार छनौटमा शुरूआती चरणदेखि महिलाहरूको सहभागिताको कुरा उठाउँदा मिलाएर लैजाने भनिएता पनि अन्तिम क्षणमा उम्मेदवार छनौट गर्दा महिलालाई उपेक्षा गरी पुरूषलाई प्राथमिकतामा राखिएको नेकपा माओवादी केन्द्र फिदिम नगर कमिटी सचिवालय सदस्य तथा जिल्ला समन्वय कमिटी सदस्य सानुमाया थापाको भनाइ छ ।
नेपालको संविधानले धारा ३८(४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनि व्यवस्था गरेको छ । सोही धारा ४२ (१) मा सामाजिक न्यायका रूपमा महिलालाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिता हुने ब्यवस्था गरिएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को १७ (४) को उपदफा (१) बमोजिम मनोनयन पत्र पेश गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्ने व्यवस्था गरिएको छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…