स्थानीय तह निर्वाचनमा गरिएको खर्च विवरण नबुझाउनेलाई कारबाही सुरू
स्थानीय तह सदस्य निर्वाचन ०७९ मा गरेको खर्च विवरण नबुझाउने जिल्लाका ४ सय ३१ जना उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
गएको वैशाख ३० गते सम्पन्न निर्वाचनमा ८ सय ७ जना उम्मेदवारले भाग लिएपनि आधाभन्दा धेरैले निर्वाचन आयोगले तोकेको म्याद गुज्रदासमेत चुनावी खर्च विवरण नबुझाएपछि खर्च विवरण नबुझाउनेहरूलाई कारबाहीको प्रक्रिया अघि बढाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एक नगरपालिकासहित आठ ओटा स्थानीय तह रहेको जिल्लामा निर्वाचनका क्रममा भएको खर्च विवरण बुझाउन अटेरी गरेकाहरूविरूद्ध प्रष्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले बताउनु भयो ।
खर्च विवरण नबुझाउनेहरूलाई भदौ ७ गतेसम्म लिखित स्पष्टीकरण बुझाउन भनिएको सूचना अधिकारी घिमिरले बताउनु भयो ।
आयोगले जारी गरेको सूचना अटेरी गर्ने उम्मेदवारलाई भदौ ७ गतेभित्र चित्तबुझ्दो जवाफ दिन भनेको सूचना अधिकारी घिमिरेको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भदौ ६ गतेसम्म खर्च विवरण नबुझाउनेमा सोलुदूधकुण्ड नगरपालिकाका १ सय १५ जना, थुलुङदुधकोसी गाउँपालिकाका ५१ जना, महाकुलुङ गाउँपालिकाका ५३ जना, लिखुपिके गाउँपालिकाका ५६ जना र माप्य दूधकोसी गाउँपालिकाका ४३ जना उम्मेदवार छन् ।
सोताङ गाउँपालिकाका ३५ जना, नेचासल्यान गाउँपालिकाका ४५ जना र खुम्बुपासाङल्हामु गाउँपालिकाका ३३ जना गरी ४ सय ३१ जना उम्मेदवारले आयोगले तोकेको ढाँचामा विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेको भनाइ छ ।
चुनावमा भएको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
स्थानीय तह सदस्य निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम ७ लाख ५० हजार रुपियाँ, उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले ५ लाख ५० हजार रुपियाँ, नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम ४ लाख ५० हजार रुपिया र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले ५० हजार रुपियाँसम्म, वडाध्यक्ष पदका उम्मेदवारले भने महानगरपालिकामा तीन लाख, उपमहानगरपालिकामा २ लाख ५० हजार रुपियाँ, नगरपालिकामा १ लाख रुपियाँ, गाउँपालिकामा १ लाख ५० हजार रुपियाँसम्म खर्च गर्न पाइने मापदण्ड आयोगको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने व्यवस्था छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…