स्थानीय तह निर्वाचनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न
दोस्रो चरण अन्तर्गत जेठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीहरूको भूमिका विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम वैशाख २६ गते तानसेनमा सम्पन्न भएको छ ।
इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले निर्वाचनको सुरक्षा तयारी पूरा भएको जानकारी गराए । उनले मतदान केन्द्रको अवलोकन र सुरक्षा प्रबन्धसहित अन्य सबै तयारी अगाडि बढेको बताए ।
प्रजिअ गौतमले निर्वाचन आचारसंहिताको कडा रूपमा अनुगमन हुने र कतै उल्लङ्घन भएको पाइए तत्काल निवेदन दिन आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेले म्यादी प्रहरी सहितको प्रहरी गस्ती बढाइएको बताए । उनले निर्वाचनको सफलताका लागि मानव अधिकारकर्मी र मानव अधिकार निगरानी समूहकोसमेत सहयोग महत्वपूर्ण हुने बताए ।
वरिष्ठ पत्रकार मेघराज शर्मा, बार एसोसिएशन पाल्पाका अध्यक्ष जोगलाल बिश्वकर्मा, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भेषराज तिमिल्सिना, मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीलगायतले निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिका प्रयोग हुन सक्ने भन्दै प्रशासनको ध्यानाकर्षण गराएका थिए । वक्ताहरूले मतदाता शिक्षाको कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै घरघरमा पुगेर शिक्षा दिनुपर्नेमा जोड दिए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…