स्थानीय तह निर्वाचनको तयारी बारे सरोकावालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ३० हुने स्थानीय तह निर्वाचन ०७९ पुर्व जिल्लाका सरोकारवालासँग अन्रतक्रिया गरेको छन ।
इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल लगायतका टोलीले वैशाख २७ गते मुख्य निर्वाचन अधिकृत दिनबन्दु बराल, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, प्रहरी प्रमुख केदार खनालसँग निर्वाचनको तयारीबारे जानकारी लिनु भएको थियो ।
मुख्य निर्वाचन अधिकृत बरालले तयारी बारे जानकारी दिदै सबै मतदान केन्द्रमा कर्मचारी खटाइएको बताउदै भौगोलिक रुपमा विकट चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिकामा पाँच दिन लगाएर कर्मचारी पुगेको बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ र भय रहित वातावरणमा सम्पन्न गर्न सबै तयारी पुरा भएको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले मतदान केन्द्रको सुरक्षाको लागि विशेष प्राथमिकता रहेको जानकारी दिदै जिल्ला सुरक्षा समितिबाट सुरक्षा योजना मतदान केन्द्रको विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
भौगोलिक हिसावले जटिल रहेको चुमनुव्री गाउँपालिकामा मतदान सम्पन्न भएपछि मतपेटीका सङ्कलनमा चुनौती देखिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले निर्वाचन प्रचारको क्रममा ठुला घटना नभएको बताउनुभयो ।
फाट्टफुट् घटना घटेपनि विगतको तुलनामा यस पटकको निर्वाचन प्रचारमा दलहरुबिच ठुलो तिक्तता नदेखिएको उहाँले जानकारी दिनुभयाे ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…