स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा २१ मतदानस्थलमा ४९ ओटा मतदान केन्द्र,४३ हजार बढी मतदाता
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशका २१ ओटा मतदानस्थलमा ४९ ओटा मतदान केन्द्र रहने र २ सय ९४ जना कर्मचारी खटाइने प्रदेश निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।
एक गाउँपालिका अध्यक्ष र सात जना वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा २१ हजार ५ सय ८४ जना पुरुष र २१ हजार ४ सय ५७ जना महिला गरी ४३ हजार ११ जना मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रमुख चोलाराज दङ्गालले बताउनु भयो ।
कोशी प्रदेशको मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा वडाध्यक्ष पदका लागि, झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले ०८१ मङ्सिर २ गते मनोनयन दर्तासँगै मङ्सिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि २८ हजार ७ सय मतपत्र निर्वाचन आयोगले पठाएको छ । ग्रामथान गाउँपालिकामा १३ हजार ३ जना पुरूष र १३ हजार ४१ जना महिला गरी २६ हजार ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि ग्रामथान गाउँपालिकामा १२ ओटा मतदानस्थलमा २९ ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि १ सय ७४ जना कर्मचारी खटाइने तयारी गरिएको छ ।
ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार फुङलिङ गाउँपालिका-३ सिकैँचामा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ हजार ६ सय ५ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । फुङलिङ गाउँपालिका-३ मा ८ सय ४४ जना पुरूष र ६ सय ८४ जना महिला गरी १ हजार ५ सय २८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि फुङलिङ गाउँपालिका-३ मा दुई ओटा मतदानस्थलमा दुई ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि २४ जना कर्मचारी खटाइने तयारी गरिएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि २ हजार १ सय ६१ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । कन्काई नगरपालिका-६ मा १ हजार जना पुरूष र १ हजार ५८ जना महिला गरी २ हजार ५८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि कन्काई नगरपालिका-६ मा एक ओटा मतदानस्थलमा दुई ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि १८ जना कर्मचारी खटाइने तयारी गरिएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ हजार ५ सय ५६ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । लालीगुराँस नगरपालिका-८ मा ७ सय ५० जना पुरूष र ७ सय ३१ जना महिला गरी १ हजार ४ सय ८१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि लालीगुराँस नगरपालकिा-८ मा एक ओटा मतदानस्थलमा दुई ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि १८ जना कर्मचारी खटाइने तयारी गरिएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ३ हजार ८ सय ३ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । गढी गाउँपालिका-६ मा १ हजार ८ सय ७३ जना पुरूष र १ हजार ७ सय ४९ जना महिला गरी ३ हजार ६ सय २२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि गढी गाउँपालिका-६ मा दुई ओटा मतदानस्थलमा पाँच ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि ४२ जना कर्मचारी खटाइने तयारी गरिएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ हजार ३ सय ९२ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । मोलुङ गाउँपालिका-५ मा ६ सय ६६ जना पुरूष र ६ सय ५९ जना महिला गरी १ हजार ३ सय २५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि मोलुङ गाउँपालिका-५ मा एक ओटा मतदानस्थलमा दुई ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि १८ जना कर्मचारी खटाइने तयारी गरिएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार त्रियुगा नगरपालिका-१२ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ४ हजार ४० थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । त्रियुगा नगरपालिका-१२ मा १ हजार ८ सय ७६ जना पुरूष र १ हजार ९ सय ७१ जना महिला गरी ३ हजार ८ सय ४७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि त्रियुगा नगरपालिका-१२ मा एक ओटा मतदानस्थलमा चार ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि ३० जना कर्मचारी खटाइने तयारी गरिएको छ । त्यसैगरी बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ३ हजार २ सय ९३ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । बेलका नगरपालिका-९ मा १ हजार ५ सय ७२ जना पुरूष र १ हजार ५ सय ६४ जना महिला गरी ३ हजार १ सय ३६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि बेलका नगरपालिका-९ मा एक ओटा मतदानस्थलमा तीन ओटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि २४ जना कर्मचारी खटाइने तयारी गरिएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…