स्थानीय तह उपनिर्वाचन ०८१- मनोनयन दर्ताका क्रममा आचारसंहिता उल्लङ्घन (फोटो फिचर)

  ०८१ मङ्सिर २ गते

स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मनोनयन दर्ता गराउने क्रममा प्रमुख राजनीति दल तथा दलका उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

निर्वाचन आयोगले देशभरसहित कोशी प्रदेशमा रिक्त रहेका स्थानीय तहमा ०८१ मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मङ्सिर २ गते गराएको मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

कोशी प्रदेशका मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष,ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा वडाध्यक्ष पदका लागि, झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको हो ।

नेपाल सरकारले ०७९ भदौ १३ गते प्रकाशन गरेको राजपत्रको भाग ५ मा निर्वाचन आचारसंहिता ०७९ बमोजिम स्थानीय तह उपनिर्वाचन ०८१ निर्वाचनका लागि मनोनयन दर्ताका क्रममा आचारसंहिता विपरितका गतिविधि भएको इन्सेकले अनुगमनका क्रममा पाइएको छ ।

मनोनयन दर्ताका क्रममा निर्वाचन आचारसंहिता दफा १३ मा व्यवस्था गरिएको जुलुस र दफा १४ मा व्यवस्था गरिएको सवारी साधनको प्रयोग सम्बन्धी आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

निर्वाचन आचारसंहिता दफा १३ को उपदफा ख मा व्यवस्था गरिएको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिन्हृ वा झण्डा अङ्कित लोगो वा स्टिकरको प्रयोग वा कपडाको टोपी प्रयोग गर्न नपाइने व्यवस्था भएपनि सो विपरितका गतिविधि अनुमगनका क्रममा पाइएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले ग्रामथान गाउँपालिकामा गरेको मनोनयन दर्ता अनुगमनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । ग्रामथान गाउँपालिकामा वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउने क्रममा प्रमुख राजनीतिक दल तथा दलका उम्मेदवारबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

ग्रामथान गाउँपालिकामा वडाध्यक्ष पदका लागि उम्मेदवारी गराएका प्रमुख राजनीतिक दल तथा दलका प्रतिनिधिले निर्वाचन आचारसंहिता दफा १३ मा व्यवस्था गरिएको जुलुस र दफा १४ मा व्यवस्था गरिएको सवारी साधनको प्रयोग सम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

निर्वाचन आचारसंहिता दफा १३ को उपदफा ख मा व्यवस्था गरिएको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिन्हृ वा झण्डा अङ्कित लोगो वा स्टिकरको प्रयोग वा कपडाको टोपी प्रयोग गर्न नपाइने व्यवस्था भएपनि सो वितरितका गतिविधि अनुमगनका क्रममा पाइएको छ ।

इन्सेक अनुगमनका क्रममा मोरङको ग्रामथान गाउँपालिकामा मनोनयन दर्ताका क्रममा आचारसंहिता विपरित २५ जना भन्दा बढी, तोकिएको भन्दा ठूलो झण्डा, व्यानर, लाउडस्पीकर, झाँकी र पार्टीको चिन्ह अङ्कित व्याज, गम्छा र टिसर्टको प्रयोग भएको पाइएको छ । मनोनयन दर्ता गराउने क्रममा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, रङ्गेली नगरपालिकाका मेयर दीलिप बगडियालगायतका जनप्रतिनिधि आफ्ना पार्टीका उम्मेदवारलाई मनोनयन दर्ता गराउन सहभागी भएको पाइएको छ ।

मनोनयन दर्तास्थल अघि नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले चुनावी सम्बोधन गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

ग्रामथान गाउँपालिकामा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराउने प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित मनोनयन दर्ता गराएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

ग्रामथान गाउँपालिकामा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका १६ जना उम्मेदवारले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरी मनोनयन दर्ता गराएका छन् ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार आगामी मङ्सिर १६ गते लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष पदका लागि मङ्सिर २ गते मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

सार्वजनिक पद धारण गरिएका व्यक्तिले दलका उम्मेदवारलाई मत मागे निर्वाचन आचारसंहिता विपरित हुने निर्वाचन आचारसंहितामा उल्लेख छ । वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनेका क्रममा प्रतिनिधिसभा सदस्य सीता गुरुङ, जिल्ला समन्वय प्रमुख गुमानसिंह इस्बो, लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङ, उपप्रमुख जमुना मगर कार्की मनोनयन दर्ताको  क्रममा चुनावी आमसभा  कार्यक्रमलाई सम्बोधन गरी निर्वाचन आचारसहिंता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । मनोनयन दर्ताका क्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनितिक दलले २५ जना भन्दा बढी सहभागी गराइ र्‍याली निकालेको पाइएको छ । मुख्य निर्वाचन अधिकृत भीमबहादुर  निरौलाले आचारसंहितामा व्यवस्था भए बमोजिम नै सांसददेखि वडा अध्यक्षसम्म कोहि पनि चुनावी प्रचारप्रसारमा सहभागी हुन नपाइने बताउनु भयो । सार्वजनिक पद धारण गरेको व्यक्तिले चुनावी अभियान र मनोनयन दर्ताका क्रममा सहभागी भएपनि लिखित उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपरेको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनु भयो ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार मङ्सिर १६ गते हुने स्थानीय तह निर्वाचन ०८१ का लागि गढी गाउँपालिका-६ का लागि वडाध्यक्ष पदमा मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

मङ्सिर २ गते मनोनयन दर्ताका क्रममा मनोनयन दर्ता गराउनेहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । उपनिर्वाचनमा गढी गाउँपालिका-६ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउन जाने क्रममा नेकपा एमालेका उम्मेदवार सन्तु उराँवको पक्षमा सङ्घीय सासंद भीमप्रसाद आचार्य, भगवती चौधरी, प्रदेश सभा सदस्य रामप्रसाद मेहता, रामदेव यादवसहित ३ सय बढीको सहभागिता रहेको पाइएको छ । जनता माध्यमिक विद्यालयका  मैदान प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेकोे इन्सेक अनुगमनका क्रममा पाइएको हो । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गराउने क्रममा बढीमा २५ जनासम्म हुनुपर्ने आचारसंहितामा उल्लेख भएपनि सयौँको सङ्ख्यामा सर्मथक, नेता, कार्यकर्ता र सरकारी सवारी साधन प्रयोग गरिएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोगले तोके भन्दा ठूलो झण्डा, व्यानर र तुलको प्रयोग गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कुशेश्वर खेरवार यादवले २५ जना भन्दा बढीको संख्यामा र्‍याली निकाली जनता माध्यमिक विद्यालय प्राङ्गण प्रयोग गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले सरकारी गाडी प्रयोर गरेर निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । नेकपा एकीकृत सामाजवादीबाट डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपा नेपालबाट कविताकुमारी उराँव, राप्रपाबाट बच्चालाल अरगिरया यादव सहितकाले ठूलो व्यानर प्रयोग गरेर मनोनयन दर्ता गराउनु भएको  छ ।  निर्वाचन आचारसंहिता सबैलाई पालन गर्न सचेत गराएको मुख्य  निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शशीकुमार साह, जनमत पार्टीको तर्फबाट सीताराम यादवले समेत तोकिएको संख्या भन्दा बढी र डिजे तथा ठूलो व्यानर प्रयोग निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेकोे इन्सेक अनुगमनका क्रममा पाइएको छ । राजनीतिक दलका उम्मेदवारहरूको पक्षमा निकालिएको र्यालीमा बालबालिकाहरूको समेत सहभागिता रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार मङ्सिर २ गते मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

मनोनयन दर्ताका लागि निर्वाचन आयोगले २५ जना भन्दा बढीको जुलुस वा र्‍याली निकाल्न नपाइने भनेपनि कन्काइ नगरपालिका-६ को वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुने निर्वाचनका लागि मङ्सिर २ गते मनोनयन दर्ताका क्रममा प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । कन्काई नगरपालिका-६ को वडाध्यक्षका लागि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नौ जनाले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मङ्सिर २ गते मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, झापाका प्रमुख तुलसी नेपालले बताउनु भयो । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायण निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजंवशी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ताका क्रममा राजनीतिक दल तथा तिनका उम्मेदवारले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्ला समन्वय समिति प्रमुखमा एक जनाको र मोलुङ गाउँपालिका ५ को वडाध्यक्ष पदका लागि आठ जनाले मनोनयन दर्ता गराएपनि निर्वाचन आचारसंहिता विपरित हुने गरी मनोनयन दर्ता नगराएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा जिसस प्रमुखमा कांग्रेस नेता टेकराज भट्टराइको उम्मेदवारी परेको निर्वाचन अधिकृत नारायण लामिछानेले बताउनु भयो । डेढवर्ष अघि तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । मोलुङ गाउँपालिका-५ मा एक वडाध्यक्षका पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीति दलबाट ६ र दुई जना स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताउनु भएको छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते मनोनयन दर्ता गराउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

बेलका नगरपालिका-९ र त्रियुगा नगरपालिका-१२ को उपनिर्वाचनको मनोनयन दर्ताका क्रममा आचारसंहिताविपरितका गतिविधि भएको इन्सेक अनुगमनका क्रममा पाइएको हो । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गराउने क्रममा बढीमा २५ जनासम्म हुनुपर्ने आचारसंहितामा उल्लेख भएपनि त्रियुगा नगरपालिका-१२ वडा र बेलका नगरपालिकाको-९ दुबै वडामा सयौँको सङ्ख्यामा सर्मथक, नेता, कार्यकर्ता भेला भइ नारा जुलुस र कोणसभा गरेका छन् । उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ठूलो हुलसहित मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले चुनावी अभियान र मनोनयन दर्ताका क्रममा सहभागी हुन, मत माग्न र कोण सभामा भाषण गर्न नपाइने भएपनि निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी कार्यहरू भएकाले सचेत गराउने काम गरिएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताउनु भयो । निर्वाचन आचारसहिंता ०७९ परिच्छेद-३ को ५ (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यापालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण विपरित कार्य गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । आचारसंहिता विपरित मनोनयन दर्ताको क्रममा उदयपुर क्षेत्र २ बाट निर्वाचित सङ्घीय सांसद अम्बरबहादुर रायामाझी, प्रदेश सांसदहरू हिमाल कार्की, रामकुमार खत्री, नारायण बुर्जा मगर, राजन किराँती, सम्झना पाख्रिन, गीतादेवी रेग्मी, त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, उपमेयर महेश्वरी राई, चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, बेलका नगरपालिकाका मेयर अशोक कार्की, उपमेयर जीरा राई, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर, उपाध्यक्ष भुपिन्द्रबहादुर थापा, एन्फा महासचिव किरण राई उपस्थित हुनु भएको थियो । मनोनयन दर्ताका क्रमममा दलहरूले निर्वाचन आयोगले तोके भन्दा ठूलो झण्डा, व्यानर र तुलको प्रयोग गर्नुका साथै हर्न, ठूला साउण्ड सिस्टम प्रयोग गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । त्रियुगा नगरपालिका १२ वडाको लागि मनोनयन दर्ता गराउन जाने र कोणसभाका क्रममा सबै दलहरुले आचारसंहिता विपरित सवारी साधनको प्रयोग गरि आचारहिंताको दफा १३, दफा १३ (ख) र दफा १४ विपरितका काम गरेको इन्सेक अनुगमनका क्रममा पाइएको हो । आचारसहिंताको परिच्छेद ४ को १३ (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नहुने भनिएपनि दलहरुले र्‍यालीमा उल्लेख्य मात्रामा बालबालिकाको प्रयोग गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

तोकिएको भन्दा ठूलो झण्डा, व्यानर, लाउडस्पीकर, झाँकी र पार्टीको चिन्ह अङ्कितव्याज, गम्छा र टिसर्टको प्रयोग गर्न नहुने भनिए पनि दलहरुले सो आचारसंहिता उल्लङ्घन गरेका छन् । त्रियुगा नगरपालिका-१२ को अध्यक्ष पदका लागि एमालेका उम्मेद्वार लक्ष्मीनारायण चौधरी, काङ्ग्रेका उम्मेदवार सञ्जीव काफ्ले, नेकपा माओवादीका उम्मेदवार नबिन राई, रास्वपाका उम्मेदवार ध्रुव पोखरेल, एकीकृत समाजवादीका उम्मेदवार निर्मला चौधरी, राप्रपाका उम्मेदवार लालबाबु शाहले आचारसंहिता उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । नागरिक उन्मुक्ती पार्टीकी चन्द्रकला चौधरी, जनमत पार्टीका प्रमोद मलाहा सहनी र स्वतन्त्र उम्मेदवार बजरङ्गवलीकुमार दासले भने निर्वाचन आचारसंहिता उल्लङन नगरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

बेलका नगरपालिका-९ को वडाध्यक्ष पदका लागि उम्मेदवार एमालेका मोहन खड्का, काङ्ग्रेसका नवराज बस्नेत, माओवादीका भरत घिमिरे, जनता समाजवादी पार्टीका राजकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विकले आचारसंहिताको परिच्छेद २ दफा ४ को (घ), (छ), परिच्छेद (१३) को घ, ट, ठ, ड, ढ, ण को उल्लङ्घन गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

मोरङ

photo 202411017 Morang (120)

photo 202411017 Morang (22)

photo 202411017 Morang (117)

photo 202411017 Morang (116)

photo 202411017 Morang (114)

photo 202411017 Morang (113)

photo 202411017 Morang (112)

photo 202411017 Morang (111)

photo 202411017 Morang (110)

photo 202411017 Morang (109)

photo 202411017 Morang (107)

photo 202411017 Morang (102)

photo 202411017 Morang (100)

photo 202411017 Morang (99)

photo 202411017 Morang (90)

photo 202411017 Morang (91)

photo 202411017 Morang (87)

photo 202411017 Morang (85)

photo 202411017 Morang (84)

photo 202411017 Morang (81)

photo 202411017 Morang (79)

photo 202411017 Morang (75)

photo 202411017 Morang (69)

photo 202411017 Morang (62)

photo 202411017 Morang (57)

photo 202411017 Morang (51)

photo 202411017 Morang (49)

photo 202411017 Morang (44)photo 202411017 Morang (41)

photo 202411017 Morang (33)

photo 202411017 Morang (32)

photo 202411017 Morang (23)

photo 202411017 Morang (12)

photo 202411017 Morang (6)

photo 202411017 Morang (7)

photo 202411017 Morang (11)

photo 202411017 Morang (37)

सुनसरी

photo 20241117 sunsari (1)

photo 20241117 sunsari (2)

photo 20241117 sunsari (3)

photo 20241117 sunsari (4)

photo 20241117 sunsari (5)

photo 20241117 sunsari (7)

photo 20241117 sunsari (8)

photo 20241117 sunsari (9)

photo 20241117 sunsari (10)

झापा

photo 20241117 Jhapa (7)

photo 20241117 jhapa1

उदयपुर

Photo 20241117 udayapur (1)

Photo 20241117 udayapur (2)

Photo 20241117 udayapur (3)

Photo 20241117 udayapur (4)

Photo 20241117 udayapur (6)

Photo 20241117 udayapur (7)

Photo 20241117 udayapur (8)

Photo 20241117 udayapur (9)

Photo 20241117 udayapur (10)

Photo 20241117 udayapur (11)

Photo 20241117 udayapur (15)

Photo 20241117 udayapur (16)

Photo 20241117 udayapur (17)

Photo 20241117 udayapur (18)

Photo 20241117 udayapur (19)

Photo 20241117 udayapur (20)

Photo 20241117 udayapur (21)

Photo 20241117 udayapur (22)

Photo 20241117 udayapur (23)

Photo 20241117 udayapur (24)

Photo 20241117 udayapur (25)

Photo 20241117 udayapur (26)

Photo 20241117 udayapur (27)

Photo 20241117 udayapur (28)

Photo 20241117 udayapur (29)

Photo 20241117 udayapur (30)

Photo 20241117 udayapur (31)

Photo 20241117 udayapur (32)

Photo 20241117 udayapur (33)


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर