स्थानीय तहसम्बन्धी कार्यक्रम बिथोल्दै व्यानर जलाइयो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले सप्तरीको राजविराजमा मङ्सिर १४ गते आयोजित स्थानीय तहसम्बन्धी कार्यक्रम बिथोल्दै व्यानर जलाएका छन् ।

photo20161130saptari

जिल्ला विकास समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाविस महासङ्घद्वारा संयुक्त रूपमा जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा आयोजित 'स्थानीय तहसम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचना' कार्यक्रमलाई मोर्चाका नेताहरूले बिथोलेका हुन् ।

कार्यक्रम सुरु भएपछि नाराबाजी गर्दै विरोध जनाएका मोर्चाका नेता कार्यकर्ताले कार्यक्रमको व्यानरसमेत निकालेर जिल्ला विकास समितिको परिसरमा जलाए । मोर्चाको अवरोधका कारण आयोजकले कार्यक्रम स्थगित गरेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यसअघि समेत स्थानीय निकाय पुनर्संरचनासम्बन्धी कार्यक्रम बिथोलेको थियो ।


मनोहरकुमार पोखरेल