स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडी सार्नु भएको थियो । सोही अनुरूप कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको हो ।
उक्त योजना अन्तगत जुम्लाको तिला गाउँपालिका – ३ कुडारीमा ०७७ मङ्सिर २१ गते १० शय्याको अस्पताल निर्माणको शिलान्यास गरिएको थियो । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गर्नु भएको हो । १० शय्याको अस्पताल निर्माणका लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । ०७९ माघ अन्तिम साता निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
उक्त आयोजना अहिले अलपत्र अवस्थामा रहेको छ । तिला गाउँपालिका जुम्लाका सव इन्जिनियर धनप्रसाद चौलागाईका अनुसार अहिलेसम्म अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्रै भएको छ । संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट बजेट आउनु पर्ने हो । उहाँले भन्नुभयोे समयमा बजेट नआउँदा भने जस्तो काम हुन सकेको छैन ।
यस्तै कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शय्याको अस्पताल निर्माण गर्न तत्कालीन पालिका अध्यक्ष नरवीर रावतले शिलान्यास गर्नु भएको हो । अहिलेसम्म शिलान्यासमै सीमित रहेको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयको बजेटमा यहाँको हाँडसिंजामा १५ शय्याको अस्पताल शिलान्यास गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले १८ करोड ५० लाख रुपैयाँ विनियोजन भएको थियो । अस्पताल बनाउन स्थानीयले करिब ४ हजार वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्थानीय स्तरमै अस्पताल बनेपछि निःशुल्क रूपमा औषधि उपचार गर्न पाइने अपेक्षासहित स्थानीय निःशुल्क जग्गा प्रदान गरेका हुन् । तर लामो समयसम्म अस्पताल निर्माण कार्य दृत गतिमा निर्माण हुन नसकेको स्थानीय बासीले गुनासो गरेका छन् ।
कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार अस्पताल निर्माणको फाउण्डेसन निर्माण हुदैछ । उहाँले भन्नुभयोे जग्गा समतल बनाउने काम भएको छ । केही निर्माण सामग्री ल्याएर फालिएको छ । करिब एक करोड २० लाख बजेट ठेकेदारले पेस्की लिए पनि सोही बमोजिम काम नभएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् धेरै ताकेता गर्दा फागुन दोस्रो साताबाट निर्माण कार्य दृत गतिमा गर्ने बुझिएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…