स्थानीय तहमा कर्मचारी अभावले काम प्रभावित
कर्मचारी समायोजनपछि स्थानीय निकायहरुमा पद रिक्त हुँदा काम प्रभावित हुन थालेको छ । आमाछोदिङमो गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नुहँदा वडा सचिवको भरमा चलेको छ । वडा सचिव तथा गाउँपालिकामा कर्मचारी अभावका कारण नागरिकलाई प्रबाह गर्ने सेवा प्रभावित भएको हो ।
गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार गाउँपालिका तथा वडाहरुमा समेत नियमित काममा समस्या परेको छ । प्रदेश तथा संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरे पनि कर्मचारी नपठाएको तामाङले बताउनुभयो । अहिले गाउँपालिका प्रमुख प्रशासकीय प्रमुख र लेखा अधिकृत समेत नहुँदा तलव खुवाउनसमेत समस्या भएको अध्यक्ष तामाङले बताउनुभयो ।
वडा सचिव नभएकोले साना कामका लागि पनि गाउँपालिका धाउनु परेको हाकुका स्थानीय सेतार तामाङले गुनासो गर्नुभयो । “पहिले गाउँमा गाविस सचिव र सहायक हुन्थे जन्मदर्ता गराउन पनि अहिले त दिनभर धाउनु पर्ने भयो” उहाँले भन्नुभयो ।
प्रमुख नहुँदा आफुले वडा सचिवका साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्दै आएको छेवाङदार्जे तामाङले बताउँनुभयो । “दुई जना मात्र वडा सचिवले गाउँपालिकाको काम चलाउँछौं” उहाँले भन्नुभयो । यो गाउँपालिका वडा नं. १ र २ का वडा सचिव पद लामो समयदेखि रिक्त छ । निमित्त प्रमुख तामाङ आमाछोदिङमो गाउँपालिका वडा नं ३ का वडा सचिव हुन् ।
निमित्त प्रमुख तामाङका अनुसार विषयगत शाखामा स्वास्थ्य बाहेक सबै शाखामा कर्मचारी अभाव छ । केही करार सेवाका कर्मचारीले स्वास्थ्य संस्था धानेका छन् । स्वास्थ्य शाखाका प्रमुख रामशरण मरहठ्ठाका अनुसार ५ वटै स्वास्थ्य संस्थामा ईच्चार्ज छैनन् । थम्बुचेत बाहेक चार स्वास्थ्य संस्थामा करारका अनमीले मात्र छन् । तालिम प्राप्त स्वास्थ्यकर्मी नहुनाले वर्थिङ सेन्टर सञ्चालनमा समेत समस्या परेको छन् । करारका ईन्जिनियरले पनि राजिनामा दिएपछि प्राविधिक पनि अभाव छ । पालिकाको शिक्षा, कृषि र पशु सेवा शाखा पनि करारका कर्मचारीकै भरमा छ ।
रसुवा जिल्लाको विकट स्थानीय निकायहरुबाट सुरुवा भएर अन्यत्र जाने तर सरुवा भएका कर्मचारी नआउने गरेको कारण गाउँपालिकामा कर्मचारी अभाव हुने गरेको हो । एक महिनाअघि प्रमुख प्रशासकीय अधिकृत बिक्रम लिम्बु, रमेश गुप्तालगायतको टिम सरुवा भएका थिए । जिल्लाको ६ वटा वडामा कर्मचारी छैनन् । वडातहका स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी नहुँदा समस्या हुँदै आएको छ ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…