स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको उपप्रमुखहरूको गुनासो रहेको छ । प्यूठानमा दुई वटा नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह रहेका छन् । त्यसमध्ये कुनै पनि स्थानीय तहमा छुट्टै इजलास कक्ष छैन ।

स्थानीय तहको आफ्नै भवन नभएको र भवन अभाव अभावका कारणले छुट्टै इजलास कक्ष बनाउन नसकेको प्यूठान नगरपालिकाकी उपमेयर शान्ता आचार्यले बताइन् ।

आफ्नो गाँउपालिकामा छुट्टै इजलास कक्ष नभएपनि उप प्रमुखकै कक्षमा मुद्दाहरूको छलफल गराउने गरेको गौमूखी गाँउपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । उनले कतिपय कुरा पीडितहरूले सबै सामु भन्न अप्ठेरो मान्ने गरेकाले पनि छुट्टै इजलास कक्ष भए न्याय सम्पादन गर्न सहज हुने बताए ।

मुद्दाको छलफल गर्दा आपूmलाई तथा आरोपित र पीडित पक्षलाई असहज भएको सरूमारानी गाँउपालिका उपाध्यक्ष चिन्ता सोमैले बताइन् ।

नगरपालिमा आएका मुद्दाहरू इजलास कक्षको अभावले आफ्नै कार्य कक्षमा छलफल गराउने गरेको भए पनि इजलास कक्ष आवश्यक रहेको स्वर्गद्वारी नगरपालिकाकी उपमेयर गोमा रेग्मीले बताइन् ।

न्याय सम्पादन लाई सहज बनाउन र गोपनियता कायम राख्न स्थानीय तहले नँया भवन निर्माण गर्दा इजलास कक्ष बनाउन ध्यान दिनुपर्ने देखिन्छ ।


रविन्द्र पाण्डे