स्थानीय तहको निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन राजनीतिक दलको प्रतिबद्दता
स्थानीय तह निर्वाचन ०७९ लाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन राजनीतिक दल र सुरक्षा निकायका प्रमुखहरूले प्रतिबद्दता गरेका छन् ।
डिसिएको सहयोगमा इन्सेक नेपालगञ्ज, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, र एफडब्लुएलडिको आयोजनामा चैत २४ गते नेपालगञ्जमा आयोजित स्थानीय तहको निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन सरोकारवालाहरूको प्रतिबद्धता कार्यक्रममा राजनीतिक दल र सुरक्षा निकायका प्रमुखहरूले उक्त प्रतिबद्दता गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन सर्बदलीय बैठकहरू भइरहेको बताउदै राजनितिक दलहरूसँग पनि आचार संहिताका विषयमा छलफल भइरहेको बताउनु भयो । खत्रीले सबै राजनितिक दलहरूले निर्वाचन आचार संहिताको पालना गरे विवाद, द्वन्द्व नहुने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले कानुनले सबैलाई सम्मानरुपले हेर्ने भएकोले निर्वाचन आचार संहिता विपरित कुनै पनि राजनीतिक दलका कार्यकर्ताहरू गए कानुनि दायरामा ल्याउने बताउनु भयो । अधिकारीले निर्वाचनमा अपराधिक क्रियाकलाप गर्नेहरूलाई कुनै पनि राजनितिक दलहरूले सङ्रक्षण गर्न नहुने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङकरबहादुर रावलले स्थानीय निर्वाचनलाई भय रहित बनाउन सबै पार्टीका कार्यकताहरू जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनितिक दलहरूको दायित्व , कर्तव्य र प्रतिवद्धता लिनकोलागि कार्यक्रमको आयोजना गरिएको बताउदै निर्वाचन आचार संहिताको अक्षरश पालना गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भय रहित हुने कुरामा जोड दिनु भयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य दिपा शर्माले निर्वाचनलाई भयरहित बनाउन नेकपा एमाले प्रतिबद्ध रहेको बताउदै राजनीतिक दलका कार्यकताहरूले निर्वाचनलाई स्वतन्त्र आखाँले हेर्नु पर्ने बताउनु भयो ।
नेकपा एकिकृत समाजवादी पार्टीका केन्दीय सदस्य आशोक कोइरालाले चुनावमा हुने आर्थिक चलखेललाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्वाचनलाई द्वन्द्व गराउने पक्षलाई कानुनी दायरामा ल्याउन सके निर्वाचन भय रहित हुने धारणा राख्नु भयो ।
कोइरालाले निर्वाचन आचार संहिता कार्यान्वयनमा ल्याउन सबै राजनीतिक दलहरू एकबद्ध हुनुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेशका बाँके जिल्ला सचिव सुधांसु कोइरालाले निर्वाचन प्रकृया स्वतन्त्र र विश्वसनियता हुनुपर्ने बताउँदै निर्वाचन आचार संहितालाई कार्यान्वयनमा ल्याउन र निर्वाचनलाई भयरहित बनाउन नेपाली कांग्रेश प्रतिवद्ध रहेको बताउनु भयो ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…