स्थानीय तहको निर्वाचन सम्बन्धमा मतदातासँग छलफल

  ०७४ वैशाख ३ गते

स्थानीय तहको निर्वाचन अघिको अवस्था सम्बन्धमा दैलेख जिल्लाको दुल्लु नपा-१ तल्लो डुङ्गेश्वरमा वैशाख ३ गते मतदातासँग भेटघाट तथा छलफल गरिएको छ । इन्सेकद्वारा स्थानीय तहको निर्वाचन अघिको अवस्था सम्बन्धमा अनुगमनका लागि यहाँ आएको टोलीले मतदातासँग छलफल गरेको हो ।

photo20170416dailekh (2)

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्थानीय तहमा निर्वाचनको तयारी, निर्वाचन सम्बन्धमा मतदाताको बुझाइ र जिल्लाको सुरक्षाको अवस्थालगायतका विषयमा मतदातासँग छलफल चलाएका थिए ।

छलफलमा मतदाताहरूले आफूहरू निर्वाचनमा मतदान गर्न आतुर रहेको प्रतिक्रिया दिँदै स्थानीय तहमा सक्षम नेतृत्व चयन गर्ने बताए । विगत दुई दशकदेखि स्थानीयस्तरको निर्वाचन नहुँदा स्थानीय तहका समस्याको सुनुवाइ नभएको मतदाता धनबहादुर शाहीले बताए । जसरी भएपनि निर्वाचन हुनुपर्ने बताउँदै मतदाताहरूले निर्वाचनको माहौल बन्दै आएको बताए ।

photo20170416dailekh (1)

अनुगमन टोलीमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जका संयोजक भोला महत, इन्सेकका साधारण सदस्य कृष्णमुरारी प्रसाद भट्ट र प्रलेख अधिकृत नारायण सुवेदी रहेका छन् । अनुगमन टोलीले कालीकोट, जुम्ला र मुगु जिल्लाका मतदाताहरूसँग पनि भेट गरी निर्वाचन अघि जिल्लाको अवस्थाका बारेमा छलफल गर्ने इन्सेकका क्षेत्रीय संयोजक भोला महतले जानकारी दिए ।

अनुगमन टोलीले मतदाताहरूलाई इन्सेकले प्रकाशन गरेका प्राची, मौलिक हकसम्बन्धी पुस्तक, स्थितिसूचक, इन्सेक अभियानलगायतका प्रकाशनहरू वितरण गरेको थियो ।


इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज