स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजानिक
निर्वाचन आयोगले सरकारले गरेको निर्णय अनुसार २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार २०७४ वैशाख १६ गते उम्मेदवारको मनोनयन दर्ता, वैशाख १७ गते उम्मेदवारीविरुद्धको उजुरीका लागि समय तोकिएको आयोगद्वारा फागुन ११ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सबै कार्यहरू गाउँपालिका र नगरपालिकामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने समेत विज्ञप्तिमार्फत आयोगले जनाएको छ ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन वैशाख १८ गते र सोही दिन उम्मेदवारी फिर्ता लिने समय उपलव्ध गराउने आयोगले जनाएको छ । यस्तै वैशाख १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।
वैशाख ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहको निर्वाचनका लागि मतदान हुने विज्ञप्तिमा उल्लेख छ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…