स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता
निर्वाचन आयोगले अगामी वैशाख ३१ गते तय गरिएको स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता, २०७३ जारी गरेको छ । आयोगले फागुन १८ गते एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, मन्त्री, कर्मचारी, सार्वजानिक पद धारण गरेका व्यक्ति, राजनीतिक दल, गैरसरकारी संस्थालगायतलाई आजैबाट लागु हुने गरी र उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएपछि (वैशाख २६ गतेदेखि) लागु हुने गरी आचारसहिंता जारी गरेको हो ।
आचारसंहिता लागुसँगै सरकारले कर्मचारी सरूवा, बढुवा, नियुक्ति र नयाँ योजना तर्जुमा गर्न वा निर्वाचनलाई प्रभावित गर्ने कुनै पनि काम वा प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ । आचारसंहिता जारी सम्बन्धमा आजै आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारी अधिकारीहरूलाई जानकारी गराएको आयोगका प्रवक्ता इला शर्माले जानकारी दिइन् ।
जारी आचारसंहितामा कुनै पनि गैरसरकारी संस्थाले कुनै दल वा व्यक्तिको पक्षपोषण गर्न नपाउने, कुनै पनि राजनीतिक दलले मतदानका लागि कसैलाई पनि डर, त्रास, धम्की दिन वा प्रभोलन देखाउन नपाउने उल्लेख छ । त्यस्तै आचारसंहिताले हेलिकप्टरको प्रयोगलाई पूर्ण रूपमा निषेध र गाडीको प्रयोगलाई सिमा निर्धारण गरेको छ ।
यसैबीच केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनको लागि २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचनको सुरक्षा योजना २०७३/७४ पारित गर्दै निर्वाचनको आवश्यक तयारी बारे छलफल गरेको थियो ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…