स्थानीय तहको उपनिर्वाचनका लागि आयोगद्वारा खर्चको हद निर्धारण
स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले कात्तिक ९ गते खर्चको हद निर्धारण गरेको छ ।
महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले ३ लाख रुपियाँ र उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले २ लाख रुपियाँ खर्च गर्न पाउने आयोगका सहसचिव एवम् प्रवक्ता नारायण सापकोटाले जानकारी दिनु भयो । त्यसैगरी गाउँपालिका वडा अध्यक्ष पदमा उम्मेदवारले १ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने सापकोटाले बताउनु भयो ।
महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजार रुपियाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५ लाख ५० हजार रुपियाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ४ लाख ५० हजार रुपियाँ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने गरी आयोगले प्रष्ट्याएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपियाँ खर्च गर्न पाउने जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्मका लागि खर्चको हद निर्धारण गरेको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो । स्थानीय तहको उपनिर्वाचन आगामी मङ्सिर १६ गते गरिने कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।
पार्वती साउद
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…