स्थानीय तहको अधिकार खोसिँदै गरेको सरोकारवालाको आरोप
स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनिएपनि नजानिँदो तरिकाले अधिकार खोसिँदै आएको काठमाडौँमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले आरोप लगाएका छन् ।
इन्सेकद्वारा असार ६ गते काठमाडौँमा आयोजित स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश, २०७४, अभिव्यक्ति स्वतन्त्रता तथा सङ्गठित हुने स्वतन्त्रता केन्द्रित नागरिक समाजका सरोकारका विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले यस्तो आरोप लगाएका हुन् ।
कार्यक्रममा स्थानीय शासन विज्ञ डा. खिमलाल देवकोटाले स्थानीय निकायमा विद्युतको रोयल्टी ५० प्रतिशत जाने गरेपनि अहिले अधिकारसम्पन्न भनिएको स्थानीय तहमा जम्मा ५ प्रतिशत मात्रै जाने व्यवस्था रहेको बताए ।
स्थानीय तहको अधिकार कटौती गर्ने मनशायका साथ ल्याइएको उक्त विधेयक बेलैमा सच्याउनुपर्ने डा. देवकोटाको भनाइ छ । 'अन्यथा स्थानीय तह अधिकारविहीन हुन्छ ।'-उनले भने ।
कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले विभिन्न बाहानामा गैरसरकारी संस्थालाई दुख दिने र स्थानीय तहको अधिकार खोस्ने सरकारी तयारी आफूहरूलाई मान्य नहुने बताए ।
अध्यक्ष प्याकुरेलले स्थानीय तहमा गएका अधिकारलाई विभिन्न नाममा र विभिन्न अङ्कुशबाट खुम्च्याउन खोजेकाले जननिर्वाचित निकाय पनि उक्त कुरामा चनाखो हुनुपर्ने बताए ।
कार्यक्रममा अधिवक्ता टिकाध्वज खड्काले विधेयकको दफा ३३ को व्यवस्था दफा ३१ को विपरीत र सङ्घीयताको मर्म, संविधान र संस्था दर्ता ऐन, २०३४ को विपरीत रहेको बताए ।
'अभिव्यक्ति स्वतन्त्रतालाई अनुचित प्रभाव पार्ने, स्थानीय तहमा दर्ता भएको र जिप्रकामा दर्ता भएको संस्थालाई विभेद, स्वतन्त्र अस्तित्वको विपरीत । सङ्घ संस्थाको पारदर्शिताको लागि अन्य उपायहरू अवलम्बन गर्न सकिने । एफएम रेडियो दर्तामा तिनै तहको अधिकार भएकोले विवाद र जटिलता आउन सक्ने । एउटा स्थानीय तहमा दर्ता भएको अर्को तहमा बन्दा त्यसको नियमन कसरी गर्ने ? स्थानीय तहमा दर्ता भएका पत्रपत्रिकाको वितरणको क्षेत्र कति हुने भन्ने विषयमा मौन छ ।'-खड्काले भने ।
अधिकारकर्मी चरण प्रसाईले स्थानीय तहमा राजनीतिक अधिकार पाएको देखिएपनि अन्य अधिकार कटौती गरेकाले समयमै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…