स्थानीय तहका क्वारेन्टाइन मापदण्ड विपरीत
कोरोना भाइरसबाट सङ्क्रमण हुन सक्ने अनुमान गरिएका व्यक्तिलाई राख्न बनाईएका जिल्लाका अधिकांश क्वारेन्टाइन मापदण्ड विपरीत रहेको पाइएको छ ।
स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीत रहेको पाइएको हो ।
इन्सेक ओखलढुङ्गाले चैत २० गते गरेको अनुगमनमा क्वारेन्टाइनमा आवश्यक सामग्री खरिद तथा व्यवस्थापन नगरेको पाइएको हो ।
कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को दफा ४ मा भौतिक पूर्वाधारको व्यवस्थापन र ५ मा जनशक्ति व्यवस्थापन सम्बन्धी व्यवस्था छ ।
उक्त व्यवस्था अनुसार क्वारेन्टाइन वेड एक कोठामा बढीमा ३ हुनु पर्ने, एक वेडमा एक जना मात्रै जना राख्नु पर्ने, एक खाटबाट अर्कोको दूरी ३.५ फिट हुनुपर्ने व्यवस्था छ । त्यस्तै मेडिकल अधिकृत, प्यारामेडिक्स, स्वास्थ्य परिचारिका तथा उनीहरूका सुरक्षा सामग्री अनिवार्य गरिएको छ ।
सुनकोसी गाउँपालिकाका–५ स्थित केन्द्रमा निर्माण गरिएका क्वारेन्टाइनमा ती मापदण्ड पुरा गरिएको छैन । एउटै हलमा १३ वेडको क्वारेन्टाइन बनाइएको छ । विद्यालयका बेञ्च जोडर म्याट्रिस र तन्ना हालेर बेड बनाइएको छ ।
सेनिटाइजर, थर्मल गन, सर्जिकल माक्स लगायत अभाव रहेको वडा–५ का अध्यक्ष गोविन्दराम तामाङले बताउनुभयो । ‘गाउँका क्वारेन्टाइन हेर्दा मादण्ड अनुसार देखिदैनन्’ नागरिक समाजका बोधनारायण श्रेष्ठले भन्नुभयो, ‘न्यूनतम सामाजिक दूरी, स्वास्थ्यकर्मी तथा उनीहरूले प्रयोग गर्ने उपकरण नै छैनन् ।’ गाउँपालिकाले क्वारेन्टाइनमा आवश्यक वस्तु व्यवस्थापन हुन बाँकी रहेको जानकारी दिएको छ ।
क्वारेन्टाइनमा सामग्री अभाव रहेको सुनकोसी गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनुभयो। उहाँले ‘गाउँपालिकाले क्वारेन्टाइन वडा तहमा व्यवस्थापन गर्न लगाइएको छ, अन्य सामग्री अभाव छ ।’ ज्वरो नाप्ने थर्मल गन अहिलेसम्म गाउँपालिकामा नभएको बताउनुभयो ।
चम्पादेवी, लिखु, मानेभञ्ज्याङ र सिद्धिचरण नगरपालिकाले पनि शिक्षण संस्थाका कोठाहरूमा धेरै वेड एकसाथ बनाएर मापदण्ड मिचेका छन् ।
गाउँपालिकामा निर्माण गरिएका वेडमा शङ्कास्पद बिरामी राख्दा झन् बिरामी हुने अवस्थाका रहेको स्थानीय पासाङदावा शेर्पाले बताउनुभयो ।
एकै कोठामा धेरै वेड, शौचालय तथा खानेपानीको व्यवस्थापन नहुँदा क्वारेन्टाइन मापदण्ड बमोजिमका हुन नसकेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो । ओखलढुङ्गामा हालसम्म १ सय ३३ जना राख्न सकिने क्वारेन्टाइन निर्माण भएका छन् भने १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…