स्थानीयहरु दुषित पानी पिउन बाध्य
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि के.आइ.सिह गाउँपालिका–३ बासुदेबीका स्थानीयहरु तीन सातादेखि दुषित पानी पिउन बाध्य भएका छन् ।
सुदूरपश्चिम प्रदेश लगायत देशभर असोज ३१ गतेदेखि असोज ३ गतेसम्म परेको अविरल वर्षाका कारण भत्किएको के.आइ.सिह.गाउँपालिका–३ बासुदेबी खानेपानीको मुहान तीन साता बितिसक्दा पनि मर्मत नगरिएका कारण स्थानीयहरु दुषित पानी पिउन बाध्य भएका हुन् ।
भत्किएको खानेपानीका ट्याङ्की, पाइप, धारा र हेन्डपाइपहरु मर्मत हुन नसकेपछि तीन सातादेखि आफूहरुले खोला र नाउलाको दुषित पानी पिउदै आएको स्थानीय रबिन्द्र बि.क.ले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘दुषित पानी पिउदा झाडापखाला लगायतका सरुवा रोगहरु फैलिन थालेका छन् । गाउँबस्तीमा त्रास बढेको छ । स्थानीय सरकारले तीन साता बितिसक्दा पनि मर्मतको कार्य सञ्चालन गर्न सकेको छैन् ।’
बाढीपीडित क्षेत्रको अनुगमन तथा अवलोकन गर्न आएका जनप्रतिनिधिहरुलाई आफूहरुले खानेपानी समस्या तत्काल सम्बोधनका लागि पहल गर्न अनुरोध गरेको भएपनि तीन साता बितिसक्दा समेत सुनवाइ हुन नसकेको स्थानीय महेन्द्र कुँवरले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘तीन तहका सरकार भएपनि आफूहरुले तीन सातादेखि दुषित पानी पिउनु परेको छ । दुषिद पानीका कारण बालबच्चा, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवतिहरु बिरामी पर्न थालेका छन् ।’
३ सय घरदुरी रहेको के.आइ. सिह.गाउँपालिका–३ झिगाबस्ती बासुदेबीमा शुद्ध खानेपानीको अभाव भएसँगै ज्वरो, रुघाखोकी र झाडापखालाका बिरामीहरुको स्वास्थ चौकीमा चाप बढने गरेको बासुदेबी स्वास्थ चौकीका इन्चार्ज अनिल बि.क.ले बताउनु भयो ।
अहिलेसम्म २ सय ६० जनाले स्वास्थ्य सेवा लिएकोमा ७५ जना रुघाखोकी र झाडापखालाका बिमारीहरु रहेको उहाँले बताउनु भयो ।
खानेपानीको मुहानमा रहेको ट्याङ्की र पाइप बाढीपहिरोले बगाएका कारण मर्मत गर्न केही समय लाग्ने के.आइ.सिह गाउँपालिका–३ का वडाध्यक्ष रतन कुँवरले बताउनु भयो ।
जति सक्दो चाडो दक्ष जनशक्ति परिचालन गरी स्थानीयहरुको पनि सहयोग लिएर छिटो भन्दा छिटो शुद्ध खानेपानी गाउँमा पुर्याउन पहल भइरहेको उहाँले बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…