स्थानीयहरु दुषित पानी पिउन बाध्य
मालिकार्जुन गाउँपालिका–८ शंकरपुरका झण्डै ३५ परिवार अहिले पनि कुवाको दुषित पानी पिउन बाध्य भएका छन् । पलबीसा, भन्थला, पस्ती र न्वाला क्षेत्रका स्थानीय कुवाको दुषित पानी पिउन बाध्य छन् ।
गाउँमा वर्षौदेखि पिउने पानीको अभाव हुँदा स्थानीयहरु कुवाको पानी पिउन बाध्य भएको मालिकार्जुन गाउँपालिका–८ का गणेशदत्त पन्तले बताउनु भयो । ‘फोहोर पानी भए पनि गाउँ नजिकको मुहान यही हो,’ उहाँले भन्नु भयो, ‘पानी फिल्टर गरेर खान केही छैन् ।’ सबै गाउँले यही कुवामा पानी जम्मा गरेर खाने गरेका छौ ।’
स्थानीय शान्ति पन्तले भन्नु भयो, ‘गाउँमा खानेपानी योजना नै आएन्, । पानी नआउँदा यही कुवाबाट पानी निकालेर खानुपर्छ ।’ विगतमा यो कुवामा समेत पानी अभाव हुने गरेको थियो । अहिले थोरै भए पनि संरक्षण गरेर पानी जम्मा हुने भएको छ । कुवा वरिपरि फोहोर सफा गरे पनि पानी अझै खान योग्य छैन् । चालू आर्थिक वर्षमा भू–जलाधार तथा संरक्षण कार्यालयले यो वर्ष मुहान संरक्षणको लागि ६ लाख बजेट दिएर केही सुधार ल्याएको उहाँले बताउनुभयो ।
परम्परागत रुपमा प्रयोग हुँदै आएको कुवालाई संरक्षण गरेर स्थानीयले पानीको श्रोत जुटाएका छन् । गाईभैसीको लागि पनि कुवाबाटै पानी बोकेर खुवाउनुपरेको छ । दुषित पानी छ भन्ने जानकारी भए पनि अर्को विकल्प नहुँदा कुवाकै पानी खानुपरेको र दुषित पानीकै कारण स्वास्थ्यसम्बन्धी समस्याहरु स्थानीयहरुले झेल्नु परेको उहाँको भनाइ छ ।
खानेपानीको लागि पटकपटक आग्रह गरेको भए पनि अहिलेसम्म सुनुवाई भएको छैन् । घर घरमा खानेपानी धारा हुनु पर्ने बेला यो बस्तीका नागरिक अहिले पनि कुवामा जमेको फोहोर पानी पिउनु पर्ने बाध्यता रही आएको स्थानीय दिलिप पन्त बताउनु हुन्छ । खानेपानी समस्या बारे धेरैलाई जानकारी छ । तर, पनि पहल नहुँदा वर्षौदेखि यही समस्या झेल्दै आएका छौँ ।
मालिकार्जुन गाउँपालिकाले गत वर्षबाट गाउँपालिका क्षेत्रमा खानेपानी अभाव हुन नदिन खानेपानी गुरुयोजना बनाएर काम अघि बढाएको छ । पानी भएको क्षेत्रमा मुहान संरक्षण गरेर गाउँमा खानेपानी ल्याउने तथा नभएको क्षेत्रमा पम्पीङ गरेर खानेपानी ल्याउने काम अघि बढेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताउनु भयो । पाँच वर्षभित्र गाउँपालिकाभरिका सबै नागरिकको घरघरमा खानेपानी पु¥याउने योजना सहित काम भइरहेको अध्यक्ष धामीको भनाइ छ ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको व्यवस्था गरिएको छ । तर, अझै पनि स्थानीय नागरिकहरुले स्वच्छ पिउने पानी नपाउँदा समस्या भोग्दै आएका छन् ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…