स्थानीयद्वारा एम्बुलेन्समा तोडफोड
मष्टा गाउँपालिकाको ०१०० सुदूरपश्चिम प्रदेश ३८९ नम्बरको एम्बुलेन्समा असोज ११ गते राति सोही गाउँपालिका–६ का २२ वर्षीय चक्र बोहरा, २५ वर्षीय गोपाल कठायत लगायतका स्थानीयहरुले तोडफोड गरी क्षति पुर्याएका छन् ।
मष्टा गाउँपालिका– ६ का २२ वर्षीय चक्र बोहरा र २५ वर्षीय गोपाल कठायत लगायतका स्थानीयहरुले एम्बुलेन्सको हेडलाइट, सिसा र बोनटमा तोडफोड गरी क्षति पुर्याएको भन्दै एम्बुलेन्स चालक नवराज खडकाले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
एम्बुलेन्समा तोडफोड गरिएको भन्दै उजुरी परेपछि आरोपित चक्र बोहरालाई असोज १२ गते नै चैनपुर बजारबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको र घटनामा सङ्लग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्रसिंह कार्कीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
मष्टा गाउँपालिका–५ किनाडाकी मुटु रोगी ५३ वर्षीया झिगीदेवि कठायतको जिल्ला अस्पताल सिमखेतमा उपचार हुँन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि लास पुर्याउन जाँने क्रममा स्थानीयहरु आक्रोशमा आएर एम्बुलेन्समा तोडफोड गरेको एम्बुलेन्स चालक नवराज खडकाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण कठायतले बिरामीका आफन्तले एम्बुलेन्स पठाउन अनुरोध गरेपछि आफूले एम्बुलेन्स पठाएको भएपनि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बिरामीको बाटोमै मृत्यु भएकोमा बिचबाटोमा नै एम्बुलेन्स तोडफोड गर्नु दुखद भएको बताउनु भयो ।
मष्टा गाउँपालिका उपाध्यक्ष भगवती बोहोराले एम्बुलेन्समा तोडफोड गर्ने व्यक्तिहरुलाई प्रहरीले कानुनी दायरामा ल्याएर कार्वाही गर्नु पर्ने इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
रमेश के सी
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…