स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ गर्दै ढुङ्गामुढा गर्दा पालिकाले उपलब्ध गराउने सेवा प्रभावित भएको छ ।
स्थानीयवासीले सिन्धुलीगढी, नागी, मतनवास, बन्दीपुर, काफ्लेचौर, नेत्रकाली, तालढुङ्गा ग्रामीण कृषि सडक निर्माणको काम ढिला भएको र उक्त सडकको ख खण्डको रुट परिवर्तन गरिएको भन्दै विरोध जनाएका हुन् ।
उनीहरूले दिनभर गाउँपालिका कार्यालयको कामकाज समेत ठप्प पारेका हुन् । विरोध प्रदर्शन तथा ढुङ्गामुढा प्रहारबाट कुनै पनि क्षति नभएको पालिकाका अध्यक्ष दीपा बोहोराले बताउनु भयो ।
स्थानीय जनतालाई जानकारी नदिई गरिएको डिपिआर खारेज गर्न र नागरिकलाई पायक पर्ने गरी सडक आयोजना निर्माण गर्न गाउँपालिकामा उनीहरूले माग गरेका छन् ।
स्थानीयले पुस १८ गते १५ दिने अल्टिमेटम सहित दिईएको ज्ञापनपत्रको कार्यान्वयन नभएपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन ।
कानुनी परामर्श समिति, संघर्ष समिति र आर्थिक समिति समेत गठन गरी सडकको रुट परिवर्तनको विरोधमा आन्दोलनमा उत्रेको स्थानीयले बताएका छन् । सिमित व्यक्तिको स्वार्थका लागि रोडको रुट फेरिएको र स्थानीय जनताको माग सुनुवाई नभएको साथै स्थानीय सरकारको मिलेमतोमा रुट परिवर्तन भएको भन्दै विरोध प्रदर्शन भएको स्थानीय बुलमान घलानले बताउनु भयो ।
सिन्धुलीगढी, नागी, मतनवास, बन्दीपुर, काफ्लेचौर, नेत्रकाली, तालढुंगासम्म सडक निर्माण हुनुपर्नेमा स्थानीयलाई जानकारी नै नदिई सडक नागी मझुवा गौंखर्क, अमारे, मुलकोट हुँदै दुम्जा लान थालेकोमा विरोध जनाएको घलानले बताउनु भयो ।
भौतिक पूर्वाधार विकास कार्यालय रामेछापले हेर्ने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन थालेको सडकमा स्थानीयहरू असन्तुष्ट देखिएपछि गाउँपालिकाकोले सङ्घर्ष समितिसँग माघ १२ गते नै छलफल गरेको छ ।
उपयुक्त समय मिलाएर भौतिक पूर्वाधार विकास मन्त्री समक्ष गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं. २, ४, ५ र ७ का वडाअध्यक्षहरू तथा स्थानीय सम्मिलित टोलीले डेलिगेशन जाने र सोही अनुसार डिपिआर बनाउन छलफल गर्ने सहमति भएपछि सङ्घर्ष समितिले आन्दोलन स्थगित गरेको छ ।
यसअघि स्थानीयले वडा नं. ७ र ५ को वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
बिमला पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…