स्थगित मतदान शान्तिपुर्ण ढङ्गले सम्पन्न
गोलबजार नपा–११ स्थित जनता मावि बल्कबा मतदान स्थलमा वैशाख ३० गते स्थगित भएको मतदान जेठ ३ गते शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । कडा सुरक्षाका बिच निर्वाचन शान्पिुर्ण रुपमा सम्पन्न गरिएको हो ।
वर्षाका कारण रोकिएको मतदान पुनः निर्वाचन कार्यालयले जेठ ३ गते मिति तोकि सम्पन्न गराएको गोलबजार कार्यालयका सहायक निर्वाचन अधिकृत अनिल रेग्मीले बताउनु भयो ।
३ हजार ६ सय ४ मतदाता रहेको जनता मावि बलकबा मतदान स्थलमा चार वटा मतदान केन्द्र बनाएर मतदान कार्य सम्पन्न गरिएको थियो । उक्त मतदान केन्द्रहरुमा १ हजार ३ सय ६८ महिला र १ हजार २ सय १३ पुरुष गरी २ हजार ५ सय ८१ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनु भयो ।
मतदान प्रकृयाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश संयोजक राजु पासवान, इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष तथा नियोकका पर्यवेक्षक श्याम कुमारी साह र मुक्ति नेपालका सल्लाहकार दिपक भट्टराइले पर्यवेक्षण गर्नु भएको थियो ।
पर्यवेक्षणको क्रममा चर्काे घाममा महिला तथा पुरुषहरु लामो लाइनमा उभिएका थिए भने लाइनमा बसेका केहि महिला गर्मीका कारण बेहोस हुने र रुने गरेको पाइयो ।
इन्सेकलगायत संस्थाका पर्यवेक्षकहरुले सुरक्षाकर्मीसँग समन्वय गरेर बेहोस भएका मतदातहरुलाई पानी खुवाएर रुखमुनी राखेर मतदान गराएर पठाउने कार्यमा सहयोग गरेका थिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…