स्थगित भएको मतदान केन्द्रको पुनः मतदान शान्तिपुर्ण रुपमा सम्पन्न

  ०७९ मङ्सिर ६ गते

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमूखी क्याम्पसको मतदान केन्द्रमा स्थगित भएको निर्वाचन मङ्सिर ६ गते पुनः मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

उक्त मतदान स्थलको ‘ख’ केन्द्रको मतदानका क्रममा मङ्सिर ४ गते १२:२५ बजेबाट उक्त मतदानको क्रममा प्रतिनिधिसभा सदस्यको मतपत्र प्रदेशसभाको मतपेटिकामा परेपछि क, ख र ग तीन ओटै मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो ।

तोकिएकै समयमा मतदान सम्पन्न भएको निर्वाचन अधिकारी दुर्गा चालिसेले जानकारी दिनु भएको छ ।

मतदानस्थलमा इन्सेकले पर्यवेक्षण गरेको छ । पर्यवेक्षणमा इन्सेक केन्द्रीय कार्यालयकी व्यस्थापन प्रमुख सुबेच्छा खडका, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी र कार्यक्रम अधिकृत परिष्कृत पौडेल लगायतका सहभागिता रहेको थियो ।

उक्त मतदान केन्द्रमा महिला १ हजार ५ सय ३४ र पुरुष १ हजार ३ सय ९२ गरी जम्मा २ हजार ९ सय २६ मतदाता रहेकोमा २ हजार मतदाताले मतदान गरेको मतदान अधिकृत नरहरि तिवारीले जानकारी दिनु भएको छ ।


प्रभाकुमारी रावत