स्थगित भएको मतदान केन्द्रमा पुनः मतदान सुरु

  ०७९ मङ्सिर ६ गते

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमूखी क्याम्पसको मतदान केन्द्रमा स्थगित भएको निर्वाचन मङ्सिर ६ गते बिहानदेखि पुन सुरु भएको छ ।

उक्त मतदान केन्द्रमा बिहान ७ः२० बजेदेखि मतदान सुरु भएको प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले जानकारी दिनु भएको छ ।

उक्त मतदान स्थलको ‘ख’ केन्द्रको मतदानका क्रममा मङ्सिर ४ गते दिउँसो १२.२५ बजेबाट उक्त मतदानको क्रममा प्रतिनिधिसभा सदस्यको मतपत्र प्रदेशसभाको मतपेटिकामा परेपछि त्यस मतदान स्थलको क, ख र ग तीन ओटै मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो ।

उक्त मतदान केन्द्रमा महिला १ हजार ५ सय ३४ र पुरुष १ हजार ३ सय ९२ गरी जम्मा २ हजार ९ सय २६ मतदाता रहेका छन् ।


प्रभाकुमारी रावत