स्थगित भएको मतदान केन्द्रमा पुननिर्वाचन हुने

  ०७९ मङ्सिर ५ गते

प्रतिनिधि तथा प्रदेश सभाका लागि सिम्तागाउँपालिका–६ राकम स्थित सिम्ता बहुमखी क्याम्पसको मतदान केन्द्रमा स्थगितभएको मतदान मङ्सिर ६ गते पुन मतदान हुने भएको छ ।

उक्त मतदान केन्दमा मङ्सिर ४ गते भएको निर्वाचनमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसेपछि दलका कार्यकर्ताबीच विवाद भएको थियो । राजनीतिकदलहरू सहमति आउन नसकेपछि उक्त मतदान केन्द्रको मतदान स्थगित भएको थियो ।

स्थगित निर्वाचन मङसिर ६ हुने प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले बताउनु भएको छ । निर्वाचनमा चाहिने सामग्रीहरू आजै उक्त मतदान केन्द्रमा पठाइएको प्रदेश निर्वाचन अधिकारी चालिसेले जानकारी दिनुभएको छ ।


प्रभाकुमारी रावत