स्थगित निर्वाचन कडा सुरक्षाका बीच सम्पन्न
जयपृथ्वी नगरपालिका–७ को सुनिपिपल चौर मावि मतदानस्थलमा स्थगित भएको मतदान कार्य जेठ १ गते नेपाल प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच सम्पन्न भएको छ ।
वैशाख ३० गते मतदान स्थलमा नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबिच विबाद उत्पन्न भएपछि मतदान कार्य स्थगित भएको थियो ।
विहान ७ बजेदेखि सुरु गरिएको सुनिपिपल चौर माविमा रहेको ‘क’ र ‘ख’ मतदान केन्द्रमा १ हजार ९ सय ६ जना मतदाता रहेपनि १ हजार १ सय ७८ मत खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले बताउनु भयो ।
मतदान केन्द्रमा शान्ति सुरुक्षाको सुनिश्चितता गरी मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्न विरभद्रजङ्ग गुल्म पानकोटका मेजर मेघबहादुर गुरुङ, नेपाल प्रहरीका एसपी माधव श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्ट र शसस्त्र प्रहरीका डिएसपीको नेत्तृत्वमा ३ सय बडी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।
मतदान सकेर मतपेटिका चैनपुरस्थित मतगणना स्थलमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्टले बताउनु भयो ।
स्थगित मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको र मतपेटिका मतगणनास्थलमा पुग्न वित्तिकै जयपृथ्वी नगरपालिकाको मतगणना सुरु गरिने जयपृथ्वी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत विष्नुप्रसाद अवस्थीले बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…