सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्यामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ जनामध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो ।
पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेखमा रिहा भएका एकजनासमेत गरी २४ जनालाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
घटनामा संलग्न भई तारेखमा रिहा भएकी एक जना युवती र उनकी आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला भएको छ । तारेखमा रहेका अन्य आठ जनाले सफाइ पाएका छन् ।
घटनालगत्तै इन्सेकले गरेको स्थलगत अनुगमन प्रतिवेदनमा ०७७ जेठ १० गते साँझ साढे ६ बजेको समयमा सोतीका स्थानीयहरूले भेरी नगरपालिका–४ रानागाउँ निवासी २१ वर्षीय नवराज विक, चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम सुनार, भेरी नगरपालिका–४ निवासी २१ वर्षीय सन्जु विक, भेरी नगरपालिका–४ रानागाउँ निवासी १७ वर्षीय गणेश विएम, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार र गोविन्द शाहीको सामूहिक हत्या गरेको उल्लेख छ । प्रतिवेदनमा उक्त घटना पूर्वयोजना अनुसार भएको देखिन्छ उल्लेख छ ।
इन्सेकले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नु होला
हिरा परियार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…