सेवा चुस्त बनाउन अधिकारकर्मीद्वारा आग्रह
भूमि सुधार तथा मालपोत कार्यालयमा कर्मचारी अभाव र अनलाइन सेवा सुस्त हुँदा सेवाग्राहीहरु मर्कामा परेको भन्दै सेवा चुस्त बनाउन अधिकारकर्मीले आग्रह गरेका छन् ।
सहज र प्रभावकारी सेवा प्रवाहका लागि अनलाइन सेवा सुरू गरेपनि काम हुन सकेको छैन । भूमिसुधार र मालपोत कार्यालय एउटैमा गाभिएपछि एउटै कार्यालय बनेको भूमि तथा मालपोत कार्यालयमा ५१ जनाको दरबन्दी रहेकोमा २२ जनाको दरबन्दी खाली रहेको छ ।
भएका कर्मचारी मध्येपनि ०७५ चैत ४ गते सरकारी जमिन किर्ते गरी व्यक्तिको नाममा पास गरेको आरोपमा भूमि सुधार तथा मालपोत कार्यालयका चारजना कर्मचारीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
कर्मचारी गिरफ्तार भएसँगै मालपोत कार्यालयमा कर्मचारी अभावले काममा ढिलाई हँुदै आएको छ । कालिकोट जिल्लाका कालुप्रसाद उपाध्याय आफ्नो कामकालागि मालपोत कार्यालयमा चैत १८ गतेदेखि लाइनमा बस्दै आएपनि कर्मचारी नभएको र भएका कर्मचारीहरुको ढिलाई गरेका कारणले अहिलेसम्म काम नभएको बताउन् ।
मालपोतका कर्मचारीहरूले भोलि आउनु भन्दै धेरै पटक बोलाएर फिर्ता पठाएको समेत उपाध्यायले गुनासो गरे ।
कोहलपुर नपा–१२ का बालुसिंह ठकुरीले कामको ढिलाइबारे कार्यालय प्रमुखसँग बुझ्दा कर्मचारी अभावले ढिलाई भएकोे जनकारी दिएको बताए ।
त्यसैगरी नामसारीका लागि आएकी राप्ती सोनारी गाँउपालिकाकी पुतली चौधरीले तीन दिनदेखि धाउँदापनि काम नबनेको बताइन् ।
भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर दौल्यालका अनुसार कर्मचारी अभावको कारणले सेवाग्राहीलाई दिने सेवामा ढिलाई भएकाले प्रमुख जिल्ला अधिकारीमार्फत सङ्घीय सरकारसँग कर्मचारी माग गरिएको छ ।
भूमि सुधार तथा मालपोत कार्यालयमा कामको ढिलाई भइरहेको सम्बन्धमा वैशाख २ गते उच्च अदालत बार नेपालगञ्जका अध्यक्ष एवम् इन्सेकका सधारण सदस्य विकास अचार्य, इन्सेक प्रदेश ५ का संयोजक भोला महतलगायत अधिकारकर्मी र सञ्चारकर्मीको टोलीले कार्यालय प्रमुख प्रेम दौल्यालसँग भेटगरी प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…