सेवाग्राहीद्वारा वडा कार्यालयमा तालाबन्दी
तिलोत्तमा नगरपालिका–१ को वडा कार्यालयमा अत्यावश्यक काम नभएको भन्दै सेवाग्राहीहरूले जेठ १७ गतेदेखि कार्यालयमा ताला बन्दी गरेका छन् ।
वडाध्यक्ष्य फर्सुराम गिरीले कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिइ अनुपस्थित रहेको र फोन गर्दासमेत सम्पर्क नभए पछि आफूहरूले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
“म चार किल्ला बनाउन लगातार तीन दिनसम्म वडा कार्यालयमा धाए तर, वडा अध्यक्ष फर्सुराम गिरीलाई भेटन नि सकिन र पटकपटक फोन गर्दासमेत फोन स्वीच अफ हुन्छ ।” देवकोटाले भन्नु भयो । म जस्तै अन्य सेवाग्राहीहरूले दुःख पाएकाले ताला बन्द गरिएको उहाँले बताउनु भयो ।
अध्यक्ष कार्यालयमा नआएपछि उहाँ भएकै स्थानमा आफै गएर भए पनि हस्तारक्षर गराउछौ भनेर पटक पटक फोन गर्दा सम्पर्क भएन् त्यसैले बाध्य भएर तालाबन्दी गरेकाे देवकोटाकाे भनाइ छ ।
यस विषयमा वडा अध्यक्ष पर्शुराम गिरीसँग बुझ्न खोज्दा फोन स्वीचअफ रहेकाले सम्पर्क हुन सकेन् ।
घटनाका विषयमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले कार्यालयमा तालाबन्दी भएको भनेर आफुलाई वडा सचिवले फोन मार्फत बताएको र बुझ्ने क्रममा तीन दिनदेखि पार्टीको आन्तरीक प्रशिक्षणका लागि लुम्बिनीमा गएको भन्ने सुचना पाएको बताउनु भयो ।
प्रमुख खाँडले जेठ १८ गते कार्यपालिकाको निर्वाचन भएकोले निर्वाचन पश्चात कार्यालयमा जाने बताउनु भयो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…