सेफहाउस निर्माण गर्न इन्सेकको प्रस्ताव, स्थानीयतह मिलेर बनाउने प्रतिबद्धता

जिल्लामा हिंसा पीडित महिला र बालबालिकाको सुरक्षाका लागि सेफहाउस निर्माण गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (केन्द्र) ताप्लेजुङले माग गरेको छ ।

आर्थिक वर्ष ०७६-७७ को जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा भदौ ११ गते इन्सेक प्रतिनिधि देवराज गुरुङले हिंसा पीडित महिला र बालबालिकाको तथ्याङ्क पेश गर्दै सेफहाउस निर्माण गर्न ढिला भइसकेको बताउनु भयो ।

समीक्षा गोष्ठीमा इन्सेक प्रतिनिधि गुरुङले अरूको छोरीचेली सुरक्षित नहुनु भनेको आफ्नो छोरीचेली पनि असुरक्षित हुनु भएकाले त्यसको न्यूनीकरण र सङ्कटका समयमा व्यवस्थापनका लागि सेफहाउस आवश्यक रहेको बताउनु भयो ।

भदौ ११ र १२ गते सञ्चालन भएको गोष्ठीमा सेफहाउस निर्माणको प्रस्ताव स्वीकृत गरेर अब कार्यान्वयनको तयारी सुरू गरिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताउनु भयो । नौ ओटै स्थानीय तहले सदरमुकाम मै सेफहाउस बनाउन सहमति गरेका छन् ।

जिसस प्रमुख मादेनले इन्सेकको पटक–पटकको आग्रह पश्चात सेफहाउस निर्माण सम्भव भएको बताउनु भयो ।

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ,प्रताप प्रकाश हाङगाम र होमकुमारी साँवाले सेफहाउस निर्माणका लागि इन्सेकको पहलप्रति धन्यबाद व्यक्त गर्नुभयो ।

फुङलिङ नगरपालिका नगर प्रमुख छत्रपति प्याकुरेलले “कतिपय भवन खाली छन् । कार्यविधि र मापदण्ड पुगे मर्मत सम्भार गरेर सेफहाउस सञ्चालन गर्न तयार रहेको बताउनु भयो ।

Photo 20200827 Taplejung


देवराज गुरुङ