सेतोपाटी अनलाइन विरूद्ध कांग्रेसका उम्मेदवारद्वारा उजुरी
तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदातादाई भ्रम पार्ने गरि जनमत सर्वेक्षण गरि सार्वजनिक गरेको भन्दै सेतोपाटी अनलाइन विरूद्ध निर्वाचन आयोगमा उजुरी दिनु भएको छ ।
भट्टराईले वैशाख ८ गते उक्त अनलाइन विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा उजुरी दिनु भएको हो ।
सो अनलाइनले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको भन्दै समाचार सार्वजनिक गरेको थियो ।
मतदातालाई प्रभावमा पार्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा माहोल बनाउन समाचार प्रकाशित गरेको हुँदा उक्त अनलाइनलाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी दिएको भट्टराईले बताउनु भयो ।
‘मत सर्वेक्षण भनी समाचार प्रकाशन गरिएको हुँदा निर्वाचन आचार संहिता ऐन २०७९ को दफा ३ (ण), ४ को (ज) (ट) (७) (ड) (त) दफा २५ बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गरी पाऊँ ।’ भट्टराईको उजुरीमा उल्लेख छ ।
सो अनलाइनले हालै ‘तनहुँ १ मा राम्रो मतान्तर सहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना’ शिर्षकमा जनमत सर्वेक्षण भन्दै समाचार प्रकाशन गरेको थियो ।
मुख्य निर्वाचन अधिकृत कोमलनाथ आचार्यले सेतोपाटी अनलाइन विरूद्ध उजुरी परेको भन्दै यसबारेमा निर्वाचन आयोगलाई जानकारी गराइएको बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…