सूचना दिन मान्दैन स्थानीय तह !
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले केही दिनअघि जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभालाई जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी, कार्यरत सङ्ख्या र रिक्त सङ्ख्याको माग गर्दै सूचना माग ग¥यो । तर, निवदेन दिएको १७ दिनसम्म पनि जानकारी पाएन । सूचनाको हकसम्बन्धी ऐनमा कार्यालयले १५ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
त्यसपछि इन्सेक जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाले स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरूलाई फोन गरे, फोन मार्फत सूचना पाउन नसकेपछि स्थानीय तहका सूचना अधिकारीलाई नै सम्बोधन गरेर सोही व्यहोराको निवेदन दिए । तर, पनि उनले सूचना पाएनन् ।
यो त प्रतिनिधि उदाहरण मात्रै हो, संविधानमै सूचनाको हक सुनिश्चित हुँदा पनि स्थानीय तहले सेवाग्राहीलाई सूचना दिन आलटाल गर्ने गरेका छन् । उनीहरू सूचना दिन विभिन्न बहानाबाजी गरेर पन्छिने गरेका छन् ।
इन्सेककर्मीले जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाका सूचना अधिकारी दिलिप श्रेष्ठलाई जिल्लामा भएका स्वास्थ्य कार्यालयको सङ्ख्या, स्वास्थ्य कार्यालयमा भएका दरबन्दी र रिक्त रहेका दरबन्दीको विषयमा सूचना माग गरेका थिए ।
तर, श्रेष्ठले स्वास्थ्य संस्थाको सङ्ख्या दिएपनि स्वास्थ्यकर्मीको विषयमा सङ्घीय सरकारले नयाँ दरबन्दी पठाएको भन्दै पुरानो दरबन्दी समेत दिन मानेनन् ।
उनले भने–‘सरकारले नयाँ दरबन्दी कायम गरेको छ । पुरानो दरबन्दी दिँदा हामीलाई अप्ठ्यारो हुन्छ । अहिले स्वास्थ्यको काम सबै स्थानीय तहले हेर्छ । उतै सोध्नुहोस मलाई त थाहा छैन ।’
जिल्ला जस्वास्थ्य कार्यालयबाट सूचना प्राप्त नगरेपछि बास्तोलाले खाँदबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमूखलाई सूचना माग्दा स्वास्थ्य प्रमुखले आपूmलाई स्वास्थ्य कार्यालयको रिपोर्ट थाहा नभएको बताए ।
उनले भने–‘कुन स्वास्थ्या चौकीमा कति स्वास्थ्यकर्मी आए गए । कति हाजिर भए कति भएनन् हामीलाई थाहा छैन । हामी पनि सूचना सङ्कलनको क्रममा छौँ । त्यसैले अहिले हामी दिन सक्दैनौँ ।’ यस्तै जवाफ थियो जिल्लाका दश ओटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको ।
नागरिकले सूचना माग्दा सूचना पाउन सहज नभएको भन्दै नेपाल पत्रकार महासङ्घ सङ्खुवासभाका अध्यक्ष इन्द्र गिरीले सूचनाको हक कार्यान्वयन फितलो हुँदा निर्धारित समयमा सूचना सम्प्रेषण गर्न नसकिएको गुनासो गरे ।
सङ्खुवासभाका पत्रकार गङ्गा विष्टले आपूmले स्थानीय तहबाट पटकपटक धेरै सूचना माग गर्दापनि सूचना पाउन नसकेको बताए ।
उनले भने–‘ हामीले त सूचना पाउन मुस्किल पर्छ भने ग्रामीण भेगका नागरिकहरूले सानो भन्दा सानो सूचनाको लागि घण्टौँको सास्ती व्यहोरेर कार्यालयमा नै पुगेर सूचनाको लागि ढुक्नुपर्ने अवस्था छ ।’
पत्रकार कृष्णराज शाक्यले जिल्लाका सबै स्थानीय तहमा पुग्न असम्भव भएको भन्दै फोन मार्फत नै पटक पटक सूचना माग गरेको तर आपूmले पनि नपाएको बताए । उनले भने–‘हामी पत्रकार भएर सूचना माग गर्दा त सूचना दिँदैनन्, सामान्य नागरिकलाई कसरी देलान् । फेरि सूचना पाउन नागरिकको संवैधानिक हक नै हो सूचना अधिकारीले यसलाई नबुझेका हुन् या बेवास्ता गरेका हुन् ।’
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कर्मचारीको अभाव र भएका कर्मचारीले सहि तथ्याङ्क नराख्दा सूचनाको हक कार्यान्वयनको अवस्था फितलो भएको बताए । उनले भने–‘मैले फटकपटक सबै स्थानीय तहमा सबै सूचना र कर्मचारीको अपडेट राख्नु भनेपनि गरेको पाइएन् । कर्मचारी नहुँदा पनि समस्या भएको छ । म सूचना प्रति जिम्मेवार छु । म कर्मचारीलाई पुनः निर्देशन गर्छु ।’
कतिपय अवस्थामा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारीले समेत सूचना नपाउने गरेको उनले बताएका छन्
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…