सुविधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो
राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्धेश्यले सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् ।
जिल्लामा सात महिनादेखि चामल वितरण नभएको खाद्य संस्थान शाखा कार्यालयबाट माघ ३ गतेदेखि बजारको कोटा भाग र सिमकोट गाउँपालिका-५ र ६ मा चामल वितरण गरेको ३० किलो चामलको संस्थानले १ हजार ८ सय ५० रुपियाँ लिनुपर्नेमा २ हजार १ सय २० रुपियाँ तिर्नु परेको सिमकोट गाउँपालिका-५ का स्थानीयबासी लोकमणी रावतले गुनासो गरे ।
सडक र सवारी साधन नपुगेको विकट जिल्लामा जहाजले तोकिएको कोटाको चामल उपलब्ध गराउन सकेको छैन । आर्थिक अवस्था कमजोर रहेका हुम्लाका जनतासँग सोना मन्सुली चामल प्रति बोरा २ सय ७० रुपियाँ बढी लिने गरेको सोही गाउँपालिका-६ का स्थानीयबासी टेकबहादुर रोकायाले गुनासो गरे ।
जिल्लामा अनुदानको चामल किनेर खाँदा पनि यसरी महङ्गो हालेर खानु परेको भन्दै स्थानीयबासी आक्रोशीत भएका छन् । खाद्य संस्थान शाखा कार्यालयका प्रमुख नारायण सिंह केसीले यतिखेर हवाई जहाजको भाडा बडेकोले चामल महङ्गोमा दिन बाध्य भएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाका अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि ३० किलो चामलको २ हजार १ सय २० रुपियाँ पर्न गएको बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…